पाँचथर कारागारमा एक बन्दीलाई कोरोना संक्रमण
फिदिम : जिल्ला कारागार पाँचथरका एक बन्दीलाई कारोना संक्रमण भएको छ । फिदिम नगरपालिका ६ का ४० वर्षीय पुरुषलाई संक्रमण देखिएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा रहेका उनलाई पुर्षक्षका लागि पाँच दिनअघि जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्ष सिद्धराज न्यौपानेले जानकारी दिए ।
कारागारमा उनीसँग तीनजनालाई क्वारेन्टाइनमा राखिएको कारागार प्रमुख सुरेन्द्र मुखियाले बताए । संक्रमित व्यक्तिसँगै रहेका अन्य दुईजनालाई भने संक्रमण देखिएको छैन । एक बन्दिमा कोरोना संक्रमण देखिएसँगै कारागारमा संक्रमण फैलिने जोखिम बढेको छ ।
कारागारमा जम्मा १४८ कैदीबन्दी छन् । जसमध्ये एक सय ३० जना पुरुष १६ महिला र दुई बालक रहेको मुखियाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
३