बुटवलमा कोरोना संक्रमित महिलाको मृत्यु
कपिलवस्तु : कोरोना संक्रमणबाट कपिलवस्तुकी एक महिलाको बुटवलमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ । कृष्ण नगरनगरपालिका ११ की ७० वर्षीया सोनमति कुर्मीको लुम्विनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।
भदौ ७ गते उनलाई कोरोना पोजेटिभ देखिएपछि बुटवलस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा भैरमा बिहान सवा ९ बजेतिर मृत्यु भएको लुम्विनी प्रादेशिक अस्पतालले जनाएको छ ।
मृतक कुर्मी ज्वरो, श्वासप्रश्वास, उच्च रक्तचापजस्ता दीर्घरोगको बिरामी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !