वामदेव र युवराज दुवैलाई राष्ट्रियसभा लैजाने प्रस्ताव

वामदेव र युवराज दुवैलाई राष्ट्रियसभा लैजाने प्रस्ताव

काठमाडौं : प्रधानमन्त्री केपी ओलीलाई राष्ट्रियसभामा अर्थमन्त्री डा. युवराज खतिवडा नलगी नहुने र उपाध्यक्ष वामदेव गौतम पनि नगई नछाड्ने अडानमा रहँदा नेकपाभित्र अब के होला ? चासो छ। प्रधानमन्त्री ओलीले खतिवडालाई अहिले मनोनीत कोटामा राष्ट्रियसभामा लाने र वामदेवलाई अन्य विकल्प खोजी समेट्ने बताइरहे पनि पार्टीभित्र सहमति जुट्न सकेको छैन।

दुई अध्यक्ष (ओली र पुष्पकमल दाहाल) बीच बालुवाटारमा बुधबार साँझ भएको छलफलमा पनि राष्ट्रियसभामा वामदेव या युवराज भन्नेमा कुनै सहमति जुट्न नसकेपछि बिहीबारको सचिवालयमै छलफल गर्ने भन्दै अध्यक्ष पुष्पकमल दाहाल बालुवाटारबाट बाहिरिएका थिए।

ओली–दाहाल छलफलअगाडि बालुवाटारमै दुवै नेताले आकांक्षीमध्येका एक अर्थमन्त्री डा. युवराज खतिवडासँग पनि अलग्गै छलफल गरेका थिए। अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत नेता गत फागुन १४ को पार्टी निर्णयका आधारमा गौतमको निर्णय कार्यान्वयनमै जोड गरिरहेका छन्। तर त्यसमा प्रधानमन्त्री अझै तयार छैनन्। बुधबार नै दाहाल निवास खुमलटारमा दाहाल र नेपालले पनि राष्ट्रियसभामा गौतमको निर्णय कार्यान्वयन गर्नुपर्ने विषयमा छलफल गरेका थिए।

ओलीले दाहालसँगको भेटपछि उपाध्यक्ष गौतमसँग बालुवाटारमा छुट्टै छलफल गरेका थिए। ‘प्रधानमन्त्रीले अनेक विकल्पमा वामदेव कमरेडलाई कन्भिन्स गराउन खोजिरहनुभएको छ’, गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले अन्नपूर्णसँग भने, ‘तर पार्टीका शीर्ष नेतासहित उहाँ (वामदेव) प्रधानमन्त्रीको प्रस्तावमा कन्भिन्स हुनुभएको छैन।’

ओलीका दुई विकल्प

ओलीले भने खतिवडालाई राष्ट्रियसभामा लाने आफ्नो योजना कार्यान्वयन गराउन वामदेवलाई पनि संसद्मै लैजान सक्ने विकल्पका बारेमा पनि छलफल थालेकोे स्रोतले बताएको छ। राष्ट्रियसभामा अहिले सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्न पाउने तीनमध्येको एक सिट मात्र रिक्त छ।

त्यसका लागि प्रधानमन्त्रीले दुईवटा विकल्पमा सोचिरहेका छन्। स्रोतका अनुसार पहिलो, राष्ट्रियसभामा मनोनीत सांसद रामनारायण बिडारीलाई फिर्ता बोलाउने र त्यसपछि खतिवडा र गौतम दुवैलाई मनोनीत कोटामा पठाउने विकल्प प्रधानमन्त्रीले छलफलका क्रममा अगाडि सारेका छन्।

दोस्रो, राष्ट्रियसभामा निर्वाचित कुनै नेकपाका सांसदलाई राजीनामा गराउन लगाई रिक्त हुन आउने स्थानमा एक महिनाभित्र निर्वाचन गराई वामदेवलाई राष्ट्रियसभामा लैजाने विकल्प पनि प्रधानमन्त्रीले अगाडि सारेका छन्। तर कुन सांसदलाई फिर्ता बोलाउने भन्नेमा भने पार्टीभित्र सहमति जुटे विकल्प तयार पार्न आफू तयार हुनेसम्मको धारणा ओलीले अगाडि सारेका छन्।

आज (बिहीबार) बस्ने सचिवालयमा अब उक्त विषयमा छलफल हुन लागेको छ। दुई अध्यक्षबीच अब सबै विषयमा सचिवालयमै छलफल गर्ने समझदारी बनेको दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.