बुटवलमा कोरोना संक्रमितको मृत्यु
बुटवल : बुटवलमा उपचाररत कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत रुपन्देहीको सैनामैना नगरपालिका, सालझण्डीकी ७७ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको हो।
ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी बुधबार अस्पताल आएकी थिइन्। महिलाको बुधबार पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएको थियो। कोरोना पुष्टि भएपछि महिलालाई अस्पतालकै फिबर क्लिनिकको आइसोलेसनमा राखेर उपचार भईरहेको थियो। उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। आईसियु उपलब्ध नभएपछि उनलाई फिवर क्लिनिकमा राखिएको थियो।
प्रतिक्रिया दिनुहोस !