पर्सामा थप २७ जनामा संक्रमण
वीरगन्ज : पर्सामा थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राती गरिएको परीक्षणमा पर्साका ६ महिला र २१ पुरुष गरी २७ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए ।
डाक्टर चौरसीयाका अनुसार वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका २० जनामा संक्रमण भेटिएको हो । वीरगन्ज महानगपालिका ८ का ४ जना , १५ का ३ जना , ९ , १० , ११ , १४ र २२ का २/२ जना तथा वडा नम्बर १२ , १६ र २१ का १/१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै कालिकामाई गाउँपालिकार सखुवा प्रसौनी गाउँपालिकाको ३/३ जना र पटेर्वा सुगौली गाउँपालिकाको १ जनामा पनि संक्रमण भेटिएको डाक्टर चौरसीयाले जानकारी दिए । बिहीबार राति थप २७ जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा संक्रमितको संख्या २ हजार ३ सय ७१ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
यसैबिच नारायणी अस्पतालकै प्रयोगशालामा बिहीबार राती गरिएको परीक्षणमा बाराका १९ जनामा पनि संक्रमण पुष्टि भएको छ । बाराको निजगढ नगरपालिकाका १४ जनामा संक्रमण देखिएको हो । निजगढ नगरपालिकामा संक्रमित हुनेहरुमा निजगढ नगरपालिकाको वडा नंबर ३, ७ र ९ का १/१ जना, वडा नंबर ८ का २ जना, इलका प्रहरी कार्यालय निजगढका ६ जना तथा सशस्त्र प्रहरी बल पिलुवा गणका २ जना सशस्त्र प्रहरी र निजगढकै कामना विकास बैंकका एक जना कर्मचारी रहेका छन् ।
नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राती पर्सा र बाराको ५ सय ८४ जनाको स्वाबको नमुना परिक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका प्रवक्ता डाक्टर. अतुलेश चौरसियाले जानकारी दिए ।
बुधबार राति थप ६९ जनामा संक्रमण पुष्टि भएसंगै पर्सामा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ४४ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । यसअघि मङगलवार राति पनि पर्साका ६४ जनामा संक्रमण पुष्टि भएको थियो ।
यसैबिच वीरगन्जको नारायणी अस्पतालकै प्रयोगशालामा बुधबार राति गरिएको परिक्षणमा बाराका २४ जना र रौतहटका १७ जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर चौरसीयाले जानकारी दिए ।
पर्सामा अहिले सम्म ८ सय ५६ जना संक्रमित निको भइसकेका छन् । बुधबार मात्रै १ सय ९ जना संक्रमित निको भइ कोरोना मुक्त एको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !