घरमै बसेर ९६ वर्षीया वृद्धाले जितिन् कोरोना

घरमै बसेर ९६ वर्षीया वृद्धाले जितिन् कोरोना

बुटवल : कोरोना भाइरस (कोभिड-१९) संक्रमित रुपन्देहीकी ९६ वर्षीया वृद्धाले अस्पताल नै नगई कोरोना जितेकी छन्। रुपन्देहीको सियारी गाउँपालिका-१ की उनले घरमै बसेर कोरोना जितेकी हुन्।  

कुनै लक्षण नदेखिएकी उनले कोरोना संक्रमणको १४ दिन पार गरेकी छन्। सियारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धीबहादुर घर्तीले घरमै बसेकी उनलाई थप सात दिन घरकै क्वारेन्टाइनमा बस्न आग्रह गरिएको बताए।

रुपन्देहीको एक बैंकमा कार्यरत उनका नातीबाट उनमा कोरोना सरेको थियो। नातीको स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना देखिएपछि कन्ट्यक ट्रेसिङ्गका क्रममा ९६ वर्षीया हजुरआमा र ५४ वर्षीया आमालाई पनि कोरोना देखिएको थियो। 

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख घर्तीका अनुसार संक्रमण देखिएका एकै घरका ९६ वर्षीया हजुरआमा र आमा घरमै होम आइसोलेसन र नाती भैरहवा होम आइसोलेसनमा रहेका थिए। 

उनीहरु तीनै जनामा कोरोनाको लक्षण अहिले नदेखिएको र १४ दिनको होम आइसोलेसनको बसाईपछि ड्ब्लुएचओ र स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार उनीहरुलाई ७ दिनको होम कोरेन्टाइन बस्नेगरी डिस्चार्ज गरिएको स्वास्थ्य शाखा प्रमुख घर्तीले जानकारी दिए। उनीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको उनको भनाइ छ। 

सियारी गाउँपालिकामा अहिलेसम्म २६ जना कोरोना पोजिटिभ देखिएका छन्। जसमध्ये अहिलेसम्म २३ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन्। तीनजना अझै आइसोलेसनमा रहेका छन्। 

कोरोना जितेका तथा संक्रमितको आत्माबल बढाउन गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगाएतकाको टोलि समय समयमा आइसोलेसन, होम आइसोलेसन तथा कोरेन्टाइन बसेकाहरुकोमा जाने गरेका छन्।

कोरोना जिते पनि समाजको डर रहिरहेकाले उनीहरुको आत्माबल बढाउन तथा समाजले गलत तरिकाले हेर्ने दृष्टिकोण परिवर्तन गर्न उनीहरु बसेको ठाउँमा जाने गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.