कोरोनामुक्त चिकित्सक भन्छन्- बिरामीको उपचारमा अझ डटेर लाग्छु

कोरोनामुक्त चिकित्सक भन्छन्- बिरामीको उपचारमा अझ डटेर लाग्छु

चितवन : भरतपुर अस्पतालका स्त्री तथा प्रसूति विभाग प्रमुख डा. सुनिलमणी पोख्रेल फ्रन्टलाइनमा रहेर काम गरे। 

संक्रमणको महामारी तिब्र भएको बेला उनी निरन्तर उपचारमा सक्रिय थिए। जिल्लामै अनुभवी चिकित्सकको रुपमा कहलिएका डा. पोख्रेलले बिरामी फर्काउन चाहेनन्। 

फ्रन्टलाइनमा काम गरेका डा. पोख्रेल गत साउन अन्तिममा कोराना संक्रमणको फेलामा परे। झण्डै २१ दिनको आइसोलेसनको बसाई पछि उनी कोरान संक्रमणलाई जितेर फर्किए। 

‘आफू जोखिममा भएपनि ढोकाबाट बिरामी फर्काउन मन लागेन, तीनै बिरामीको अर्शिवादले निको भए भन्ने लाग्छ’, उनले भने, ‘मलाई हिनताबोध छैन। बरु हौसला मिलेको छ। अब बिरामीको उपचारमा अझ बढी सक्रिय हुन्छु।’ 

आइसोलेसन बसाईमा हौसला दिने आफन्त र शुभचिन्तलाई उनले धन्यवाद दिएका छन्। उनले कोरोनाको अनुभव मात्रै गरेनन्। आफू रहेको अस्पतालमा कतिले ज्यान गुमाएको खबर सुने। सुरुको एक हप्ता उनलाई असहज भयो। 

मनोवैज्ञानिक तनावमा रहे। कोरानाको विषयमा गरिको नकारात्मक तनावले उनी निदाउन पनि सकेनन्। १० दिन उनलाई कमजोर बनायो। तैपनि उनले सोचलाई दह्रो बनाए।  उनलाई सुरुमा  डर पनि लाग्यो। 

संक्रमणको शंका लागेर उनी घरमै बसे। सामान्य अवस्थाको घाँटी दुखाई, उच्च ज्वरो आएपछि उनले शंका लागेर परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आयो। उनीसँगै उनका नौ वर्षका छोरालाई पनि संक्रमण पुष्टि भयो। उनी चितवन मेडिकल कलेजमा बसे। 

आफ्नो नौ वर्षको छोराको स्याहार गरेर बसे। बाबु छोरा आइसोलेसनमा एक अर्काको साहारा भए। यसले उनीहरुको आत्मबल दह्रो बनाउन सहयोग पुग्यो। डा. पोखरेलबाट भने अन्यमा सर्न पाएन। उनलाई संक्रमण पुष्टि भएपछि उनको विभाग र उनले काम गर्ने भरतपुर सामुदायिक अस्पतालमा सम्पर्कमा आएको परिक्षणमा सबैको नेगेटिभ आयो। 

दुई हप्तापछि कोराना जितेको अनुभव गरे। ‘तनाव नलिन आइसोलेसनमा बस्दा कोरोना बारेको समाचारमा खासै ध्यान दिइन’, डा. पोखरेलले भने, ‘म स्वस्थ छु भन्ने मात्रै सोचियो भनेपनि आत्मबल बढ्दो रैछ।’ 

आत्मबलले नै कोराना पराजित गर्न मदत पुग्ने अनुभव सुनाए। आइतवारबाट उनी उपचारमा खटिदै छन्। अझै सक्रिय रुपमा लाग्ने प्रतिबद्धता गरेका छन्। ‘कसलाई कस्तो रुप लिन्छ भन्ने थाहा भएन। तर सावधानी अपनाउन सबैलाई सुझाव दिन्छन्। 

आत्मबल मात्रै भनेर ढुक्क हुने नभई सावधानी र सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले अस्पतालको आइसोलेसनमा रहँदा पनि नियमित व्यायम गरे। खानपान, योगाभयासमा ध्यान दिन डा. पोखरेलले आग्रह गरे। लक्षण देखिएका र जटिल अवस्थाका बिरामी भए अस्पताल जान सुझाव उनको छ। 

उनका घरको सहयोगीलाई पनि संक्रमण भएको थियो। अहिले तीनै जना सक्रमणमुक्त भएका छन्। कोरोनाको बारेमा देखिएका नकारात्मक धारणा परिवर्तन गर्नुपर्ने उनको अनुभव छ। सकारात्मक सोच र व्यवहारले मात्रै सामूहिक रुपमा कोराना पराजित गर्न सकिने उनी बताउँछन। 

‘एक पटक संक्रमितको अवस्थामा आफूलाई राखेर सोचांै त्यसले सबै थाहा हुन्छ’, उनले भने, ‘सोचाई बदल्नुपर्छ। घृणा होइन अब व्यवहार सुधार गर्नुपर्छ।’ 

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारी र प्रसूति विभाग प्रमुख एवम् स्त्री रोग विशेषज्ञ डा. सुनिलमणी पोखरेल कोरोनामुक्त भएका छन्। 

संक्रमण देखिएको २० औं दिनपछि दुवैजना कोरोनामुक्त भएका हुन्। शुक्रबार बिहान भएको परीक्षणबाट दुवै जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. तिवारीले जानकारी दिए। एकैदिन संक्रमण पुष्टि भएका उनीहरू संक्रमणमुक्त पनि एकैदिन भएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.