कोरोना अस्पताल बुटवलमा थप दुई संक्रमितको मृत्यु
बुटवल : कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत थप दुई जना संक्रमितको मृत्यु भएको छ। रूपन्देही बुटवल-११ का ४० वर्षीय पुरूषको शुक्रबार राति र नवलपरासी प्रतापपुर गाउँपालिकाकी ३७ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको हो।
प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार मृतकमा ज्वरो र श्वासप्रश्वासको समस्या रहेको थियो। भदौ १५ र १७ गते अस्पतालमा भर्ना भएका उनीहरूलाई
भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दा मृत्यु भएको हो। बुटवलमा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ। रूपन्देहीमा १५ जनाले ज्यान गुमाएका छन्। शनिबार मात्रै रूपन्देहीका तीन जनाको ज्यान गएको थियो।
प्रतिक्रिया दिनुहोस !