हुलाकी राजमार्ग निर्माणमा गरिएको नाप जाँच प्रति स्थानीय आक्रोशित

हुलाकी राजमार्ग निर्माणमा गरिएको नाप जाँच प्रति स्थानीय आक्रोशित

कपिलवस्तु : हुलाकी राजमार्ग निर्माण कार्य अन्तरगत गरिएको केन्द्र विन्दुदेखिको नाप गलत भएको भन्दै स्थानीय आक्रोशित बनेका छन्। हुलाकी राजमार्ग निर्माण आयोजना अन्तरगत तौलिहवा बजार क्षेत्रमा सडक केन्द्रबाट दुवैतर्फको १५।१५ मिटर छोडेर घर निर्माण गरे पनि अहिले आफ्नो घर १५ मिटरभित्र पर्ने नापी भएपछि कपिलवस्तु नगरपालिका वडा नं. १ की मिठु पौडेल आक्रोशित बनेकी छिन्। 

आफू विकास विरोधी नभए पनि सडकको नापबाट मर्कामा परेको उनी बताउँछिन्। 'सडक कार्यालयका प्राविधिकले घरमा सडक केन्द्रबाट घरसम्म नाप जाँच गरी लगाइएको चिन्हभन्दा १ मिटर छोडेर घर भत्काए', पौडेलले भनिन्, 'घरको अगाडि केही भाग भत्काइ नयाँ पिलर र बिम तयार गरी घर मर्मत सुरु गरे। फेरि नयाँ बनाएको पिलर र बिम सबै भत्काउन पर्छ भन्दै सडक प्राविधिकहरु आदेश गर्छन्। पटकैपिच्छेको फरक फरक नापीले हामी मर्कामा परेका छौं। हाम्रो मर्का कसले बुझ्ने ?' 

जिल्ला प्रशासन कार्यालय, डिभिजन सडक कार्यालय, कपिलवस्तु नगरपालिका र नापी कार्यालयको संयुक्त टोलीबाट २०७२ सालमा तौलिहवा क्षेत्रको सडकको केन्द्रबाट १५।१५ मिटर नापेर चिन्ह लगाएको थियो। सोही नाप जाँचको आधारमा १५ मिटर छोडेर निर्माण गरिएका घर पनि अहिले १५ मिटर भित्र परेको भन्दै भत्काउनु परेपछि सर्वसाधारण थप आक्रोशित बनेका हुन्। 

त्यति बेला गरिएको नापीको आधारमा नगरपालिकाबाट नक्सा पास गरी निर्माण गरिएका करीब १ दर्जन घर भत्काउन पर्ने अवस्था रहेको कपिलवस्तु नगरपालिका वडा नं. १ का सुरेश शर्माले बताए। सडक केन्द्रदेखि १७ मिटर छोडेर नगरपालिकाबाट नक्सा पास गरी घर निर्माण गरेका कपिलवस्तु नगरपालिका वडा नं. १ का सन्दिप श्रीवास्तवको पीडा पनि उस्तै छ। 'मापदण्ड भन्दा बढी २ मिटर छोडेर घर निर्माण गर्दा पनि अहिले घरसँग जोडिएर सडक निर्माण हुने भएको छ', श्रीवास्तवले भने, 'नगरपालिकाका प्राविधिकको उपस्थितिमा नाप जाँच गरी घर निर्माण गरें। घरको नक्सा पास र घर निर्माण सम्पन्न प्रमाण पनि पाएँ तर फेरि मेरो जग्गा सडकमा गक्इहेको छ।' 

कसैको घर जग्गा च्याप्नेभन्दा पनि हाइवे इन्जिनियरिङका हिसाबले सडक निर्माण कार्य अघि बढेको हुलाकी राजमार्ग आयोजनाका इन्जिनियर विरेन्द्र प्रकाश गुप्ताले बताए। 'यसअघि के कस्तो नापी भयो हामीलाई थाहा भएन', इन्जिनियर गुप्ताले भने, 'जिपिएस र टोटल स्टेशनबाट सर्भे गरी नेपाल सडक मापदण्ड २०७० अनुसार सडकको डिजाईन भएको छ।  यो डिजाईनबाट आएको सेन्टर लाइनको आधारमा सडकको दुवैतर्फको १५।१५ मिटर भित्र सडक निर्मांण कार्य गरेका छौं।' यो ठुलो राजमार्ग हो, त्यसकारण विभिन्न घुम्ती, मोड र स्थानीको केही घरमा यस्ता समस्या देखिको हुन सक्ने उनी बताउँछन्। 

हुलाकी राजमार्ग निर्माणका लागि तौलिहवा राजपुर १५ किलोमिटर शर्मा एण्ड कम्पनी, राजपुर दत्तपुर १७ किलोमिटर लामा गोल्डेन गुड त्रिशक्ति जे.भी. र दत्तपुर तुरुन्तपुर साढे १८ किलोमिटर शर्मा एण्ड कम्पनीका नाममा ठेक्का सम्झौता भएको छ। सम्झौता अनुसार २०७९ कार्तिक मसान्तसम्ममा ठेकेरदार कम्पनीले हुलाकी सडकको कुल साढे ५० किलोमिटर सडक निर्माण कार्य सम्पन्न गर्नु पर्ने छ। सोही सडक निर्माण कार्य अन्तरगत तौलिहवा बजार क्षेत्रमा सडक किनारका घर टहरा भत्काउने र नाली निर्माण गर्ने काम सुरु भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.