१० लाख दाइजो नदिँदा हत्या !

१० लाख दाइजो नदिँदा हत्या !

विराटनगर  :  मागे जति दाइजो नदिएको भन्दै भगाएर विवाह गरेपछि छोरीको हत्या भएको आरोप आफन्तले लगाएका छन्। सुनसरीको देवागंज गाउँपालिका ३ की २२ वर्षीय रिङ्की कुमारी मेहतालाई भगाएर बिहे गरेको परिवारले मागेको १० लाख दाइजो नदिएको नाममा उनकै हत्या गरेको आरोप लागेको हो। 

भदौ ३ गते सोही गाउँपालिका–४ निवासी रमेशकुमार मेहताले छोरीलाई अपहरण शैलीमा जबरजस्ती भगाएर घर लगेको २४ घण्टा नबित्दै दाइजोको लागि हत्या गरेको मृतकका बुवा जयकिशोर महतोको आरोप छ। 

विराटनगरस्थित ईडन वर्ग कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत रिङकु भदौ १ गते गढी गाउँपालिका ४ स्थित छिटहामा रहेको दाजु जयप्रकाश मेहताको घर गएकी थिइन्।

गालामा डण्डीफोर र दाँतको समस्या रहेकाले दाजुले विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराएका थिए । उपचार पश्चात दुई दिन दाजुको घरमा बसेर उनले भदौ ३ गते बहिनीलाई फोन गरेर घर आउन लागेको जानकारी गराएकी थिइन्। 

फोन गरेको केही समयपछि मोबाइल अफ हुँदा परिवार तनावमा थियो। पूर्वसभासद  मुगालाल मेहताले राति ११ बजे फोन गरेर छोरी केटासँग भागेर आएको भन्दै तत्काल आफ्नो घरमा आउन भनेका थिए। 

आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरेर मृत्तकका बुवा जय किशोरले भने, ‘राति पूर्वसभासदको घर १२ बजे पुगेँ। त्यहाँ पुग्न साथ छोरी भागेर केटासँग आएकी छ, विवाह गरिदिनु पर्‍यो भन्दै दबाब दिए।’ 

उनले छोरीसँग एक पटक भेट्न खोज्दा पनि नदिएको गुनासो गरे। उनलाई छोरी भगाएर लाने केटालाई १० लाख दाइजो दिएर बिहे गर्ने दबाब पूर्वसांसद मेहताले नै दिएका थिए। यो दबाबपछि बिना छलफल फर्किएको उनको भनाइ छ ।

‘सभासदले फोन गरेर बोलाए तर छोरीसंग भेट्न दिएनन्’, उनले भने। उल्टै दाइजो दिन दबाब दिएपछि आफू फर्केर आएको केही बेरमा छोरीलाई जिम्मा लगाएर रमेशको घर पठाएको थाहा पाएको उनले सुनाए।

रमेशको घर भदौ ३ गते मध्यरातमा पठाएकी छोरीले पासो लगाएर आत्महत्या गरेको भन्दै सभासद मेतहताले ५ गते बिहान राति ३ बजे फोन गरेर जानकारी दिएको उनले सुनाए । मेरा आफन्तलाई  फोन गरेर पूर्वसभासद मेहताले सुनाएपछि आफूहरु गएको मृतकका दाजु जयप्रकाश मेहताले बताए।

सुतेको कोठाको बरण्डामा प्लास्टिकको कुर्सीमाथि पासो लगाएको अवस्था हेर्दा हत्या गरेर पासो लगाई झुन्ड्यिाएको आशंका उनीहरुले गरेका छन्। 

बहिनीले घरबाट हिँड्दा लगाएका गहना नभएकाले पनि दाइजोकै नाममा हत्या भएको आशंका परिवारले गरेका छन्। 

मृत्कको बसोवास रहेको वडा नम्बर ३ का वडाअध्यक्ष  अनिल भगलले मृत्यु शंकास्पद रहेको बताए। ‘घटनास्थलमा पुगेको प्रहरी र स्थानीयलाई बुझ्दा घटना शंकास्पद देखिएको छ’, उनले भने, ‘पोस्टमार्टम रिपोर्टपछि सत्य सार्वजनिक हुन्छ।’ 

प्रहरीलाई तत्काल नै खवर गरेपनि सुरुमा उजूरी नलिएको मृतकका बुवा जयकिशोरले बताए । ‘सुरुमा उजूरी नलिदा हुलाक मार्फत पठाएको छु’, उनले भने, ‘दर्ता भयो कि भएन जानकारी छैन।’ 

प्रहरीले छोरीलाई भगाएर लग्ने रमेश र उनका दाजु उमेशलाई दुई दिन हिरासतमा राखेर छोडेको छ। सुनसरी प्रहरी प्रमुख कमल थापाले आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा दर्ता गरेर थप अनुसन्धान सुरु गरेको जानकारी दिए।

दुई मुद्दा लिएर आएको जानकारी दिँदै प्रहरी प्रमुख थापाले भने, ‘मृतकका श्रीमान र जेठाजुसहित अन्य परिवारका सदस्यसंग अनुसन्धानकै क्रममा सोधपुछ गरेका छौं’, उनले भने पोस्टमार्टम रिपोर्ट आएको छैन। आरोपित बाहिर भए पनि रिपोर्टका आधारमा पक्राउ गर्छौँ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.