३ सातादेखि छोरा, छोरीसहित महिला बेपत्ता

३ सातादेखि छोरा, छोरीसहित महिला बेपत्ता

कपिलवस्तु : दुई नाबालक छोरा, छोरीसहित यशोधरा गाउँपालिका-६ भैसहियाकी एक महिला ३ हप्तादेखि बेपत्ता भएकी छिन् । घरबाट उपचार गर्न जान्छु भनी छोरा छोरी समेतलाई लिएर निस्केकी ३२ वर्षीया इसरावती गुप्ता ३ हप्तादेखि बेपत्ता रहेको उनका परिवारले जानकारी दिएका छन् । इसरावतीसँगै उनकी ८ वर्षीया छोरी सन्जना गुप्ता र ५ वर्षीय छोरा सोनु गुप्ता गएका थिए।

इसरावती वेपत्ता भएको खबर पाए लगत्तै रुपन्देही जिल्ला लुम्विनी साँस्कृतिक नगरपालिका-६ मोग्लाहाका माइती पक्ष खोजीमा लागि परिरहेका छन्।  बेपत्ता महिला र बालबालिकाको खोजी गरी पाउँ भनी उनका माइती पक्षले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा निवेदन दिएका छन् । जानसक्ने सम्भावना भएका सबै नातागोता कहाँ खोजबिन गर्दा पनि फेला नपरेको इसरावतीका दाजु ओरी गुप्ताले बताए । 'बहिनी ज्युँदो वा मरेको छ ? अथवा पर कोहीसँग भागेको छ ? कही जानकारी भएन' दाजु ओरी गुप्ताले भने ।

वेपत्ता भएकी इसरावतीका पति २ वर्षदेखि वैदेशिक रोजगारीका लागि मलेसियामा रहँदै आएका छन् । पति वैदेशिक रोजगारीमा रहेको र पत्नी अन्य कसैसँगको प्रेम सम्वन्धमा परी बालबच्चा सहित गएको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रहरीमा बेपत्ता महिलनको खोजीका लागि निवेदन प्राप्त भएलगत्तै जिल्लाका हरेक प्रहरी चौकीहरुमा पत्राचार गरी खोजी कार्य शुरु गरिएको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । पति विदेश गएपछि इसरावती बाल बच्चासहित माइतीमै रहँदै आएकी थिइन्।  गत कृष्ण जन्मअष्टमीका बेला मात्रै इसरावती घर आएको उनका ससुरा हरिहर गुप्ताले जानकारी दिए। 'घर आएको केही दिनमै उनी घरबाट बेपत्ता भइन्, कहाँ गइन्, कुन अवस्थामा छिन् कुनै पत्तो छैन।' ससुरा हरिहरले भने-'छोरो विदेश छ, घरमा हामी बुढाबुढी मात्रै छौँ' 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.