कोरोना लागेपछि उपचार नपाएका मिर्गौला पीडितको पाँच दिनपछि डायलासिस

कोरोना लागेपछि उपचार नपाएका मिर्गौला पीडितको पाँच दिनपछि डायलासिस

दमौली : संक्रमण देखिएयता सेवा लिन नपाएका व्यास ४ का कोरोना संक्रमितको डायलसिस गरिएको छ । ३६ वर्षीय उनको दमौली अस्पतालमा रहेको राष्ट्रिय मृगौला उपचार केन्द्रको शाखामै डायलसिस गराइएको हो । 

'दिउँसो अरु पनि सँगै हुने र बेग्लै ठाउँ नभएकाले सबै गएपछि राती डायलसिस गराएका हौं,'केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले भने,'अब नियमित डायलसिस सेवा दिन्छौं ।'

गत शनिबारयता डायलसिस गराउन नपाएका उनमा संक्रमण देखिएपछि बेग्लै स्थान र श्रोत साधन अभाव भन्दै डायलसिस हुन सकेको थिएन । व्यास ३ दमौलीस्थित दमौली अस्पतालको आइसोलेसनमा बसेका उनीहरुलाई मंगलबार पोखराको पश्चिमाञ्चल अस्पताल पठाइए पनि त्यहाँका स्वास्थ्यकर्मीले खबरै नगरी आएको भन्दै फिर्ता पठाएका थिए । 

दमौली आएका उनलाई काठमाडौंको केन्द्रमा डायलसिसका लागि पठाउने दमौलीस्थित राष्ट्रिय मृगौला उपचार केन्द्रले तयारी गरे पनि बस्ने खाने ठाउँको व्यवस्था नहुने भनेपछि संक्रमित अप्ठेरोमा परेका थिए । संक्रमितकी श्रीमतीले बिरामी श्रीमान बोकेकर कहिले कता र कहिले कता जानुपर्दा अप्ठेरो परेको बताएकी थिइन् । 

खबर सार्वनिक भएपछि प्रशासनले अस्पतालमै व्यवस्थापन गरेर संक्रमितको डायलसिस गर्न भनेपछि अस्पतालले सामान राख्ने कोठामै वैकल्पिक व्यवस्था गरेर उनको बुधबार राती डायलसिस गराएको छ । बिहान साढे २ बजे डायलसिस गरेर फर्केपछि केही राहत महसुस गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.