सुत्केरीको उद्दार
![सुत्केरीको उद्दार](https://annapurnapost.prixacdn.net/media/albums/helicopter_20200910103024_eHs78kGXqj.jpg)
डोल्पा : डोल्पाबाट एक सुत्केरीको हेलिकोप्टरबाट उद्धार गरिएको छ । गाउँमै सुत्केरी भएकी एक महिलाको साल नझरेपछि हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत लगिएको छ । शे–फोक्सुण्डो गाउँपालिका ९ पुग्मो पुनिखा गाउँकी यान्कीमेदु लामाको सुत्केरी भएर साल नझरेपछि उनलाइ हेलिकोप्टरबाट उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी शर्माले जानकारी दिइन् ।
बुधबार साँझ साढे ६ बजे सुत्केरी भएकी यान्कीमेदुको बिहीबार दिउँसोसम्म पनि साल नझरेको र स्वास्थ्य चौकीमा सम्भव नभएपछि हेलिकोप्टरबाटै उद्धार गर्नु परेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उनलाइ नेपाली सेनाको हेलिकप्टरबाछ सुर्खेत क्षेत्रिय अस्पतालमा लगिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले जानकारी दिइन् ।
माथिल्लो डोल्पामा प्रसूति गृह नभएको र स्वास्थ्यकर्मी पनि तालिम प्राप्त नहुनुका साथै उपकरण समेत नभएको कारण पनि त्यहाँका महिलालाई सुत्केरी हुँदा समस्या भए हेलिकोप्टर कै भर पर्नुपर्ने बाध्यता छ । तर सबैको पहुँचमा हेलिकोप्टर सेवा छैन।
हालसम्म डोल्पाबाट १५ जना भन्दा बढी सुत्केरी महिलाको उद्धार हेलिकोप्टरबाट गरिएको छ भने त्यसमध्ये दुईजनाको ज्यान समेत गएको छ । पुग्मो गाउँको पुनिखा सदरमुकाम दुनैबाट साढे एक दिन पैदल लाग्छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)