वालिङ्मा थप ५ जनामा सङ्क्रमण
![वालिङ्मा थप ५ जनामा सङ्क्रमण](https://annapurnapost.prixacdn.net/media/albums/corona-virus__20200906104104_SpkxPVDVuc.jpg)
स्याङजा : वालिङ् नगरपालिकामा शनिबार ५ जना कोरोना सङ्क्रमित थपिएका छन्। एक महिलासहित पाँच जनामा संक्रमण पुष्टि भएको प्रादेशिक कार्यालय पोखराले जनाएको छ।
संक्रमित हुनेमा वालिङ्का ४०, ३०, ३०, ६५ वर्षका पुरुष र ६५ वर्षीया महिला रहेका छन्। यसैगरी, पाँच दिन अघि उपचारका बुटवल पुगेकी वालिङकी एक किशोरीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ। प्रादेशिक अस्पताल बुटवलमा उपचाररत १८ वर्षीयामा सङ्क्रमण पुष्टि भएको हो।
स्तनमा समस्या भएपछि उपचारका लागि पाल्पा हुँदै ती महिला बुटवल पुगेको उनको परिवारले जनाएको छ। महिलामा कोरोना पुष्टि भएपछि परिवार तथा उनको सम्पर्कमा आएकाको कन्ट्याक ट्रेसिङको काम सुरु भएको स्वास्थ्य शाखा प्रमुखकमल प्रसाद पाण्डेले जानकारी दिए।
यो सहित स्याङजामा सङ्क्रमितको संख्या तीन सय ५६ जना पुगेको छ भने तीन सय आठ जना निको भएका छन् । संक्रमणबाट ३ जनाको निधन भएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)