पहिरोले पुरिएर जैमिनीमा एक महिलाको मृत्यु, एक बेपत्ता
बागलुङ : बागलुङको जैमिनीमा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ भने एक महिला बेपत्ता भएकी छन्। अविरल वर्षाका कारण घर माथिबाट आएको पहिरोले पुरिएर जैमिनी नगरपालिका–१ कुश्मिशेरामा लक्ष्मीदेवी उपाध्यायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपक रिजालले जानकारी दिए। आइतबार बिहान मृत अवस्थामा उनको शव फेला परेको रिजालले बताए।
यसैगरी, जैमिनी नगरपालिका–५ विनामारेमा पनि घर माथिबाट खसेको पहिरोले पुरिएर एक महिला बेपत्ता भएकी छन्। स्थानीय निलकण्ठ पौडेलको घर पुरिएर जल्पादेवी पौडेल बेपत्ता भएकी हुन्। बेपत्ता पौडेलको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक रिजालले बताए। घरमा रहेका अन्य ६ जना भने सामान्य घाइते भएका छन्।
प्रतिक्रिया दिनुहोस !