ढोरपाटनका बाढीपीडितलाई सोलार सेट सहयोग

ढोरपाटनका बाढीपीडितलाई सोलार सेट सहयोग

बागलुङ : ढोरपाटनका बाढी पीडितलाई सोलार सेट प्रदान गरिएको छ। बाढी प्रभावित क्षेत्रमा पुगेर ढोरपाटनका मेयर देवकुमार नेपाली, वडा नम्बर ९ का वडा अध्यक्ष हरिबहादुर घर्ति वडा र वडा नम्बर ८ का वडा अध्यक्ष नन्दे सुनारलाई संयुक्त रुपमा १ सय २६ सेट सोमबार हस्तान्तरण गरेका हुन्।

वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले ३२ सेट, ढोरपाटन दैनिककले १५ सेट, कुलायन व्याट्री इन्डष्ट्रिज प्रालिले १० सेट, टपसन इनर्जीले १०, क्वालिटी रिन्यू इनर्जी प्रालि, एक्सन एक्टिभ प्रालि,सन वे इनर्जी प्रालि,ब्राइट भिजन प्रालि, सिआरसी नेपाल प्रालि,सफा उर्जा प्रालि, सनसेट सोलार एण्ड इन्भेस्टमेन्ट प्रालि,स्काई इनर्जी प्रालिले ५/५ थान प्रदान गरेका छन्। 

यसैगरी, ड्रिम इनर्जी, एजी पावर सप्लायर्स, दीपलाइट इनर्जी, ज्योती इनर्जी प्रालि, सौर्य इनर्जी प्रालि र स्मार्ट सोलार कम्पनीले ५/५ थान प्रदान गरेका छन्।  बाढीग्रस्त क्षेत्र ढोरपाटन पुगेर संघीय सांसद सूर्य पाठक, सौर्य उत्पादक संघका सदस्य केवश शर्मा र ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमले सोलार सिस्टम हस्तान्तरण गरेका थिए।

ढोरपाटन नगरपालिका वडा नम्बर ५,६,७,८ र ९ मा भाद्र १७ गते आएको बाढीले ११ वटा लघु जलबिद्युत आयोजनामा क्षति पुर्‍याएपछि गाउँ अन्धकारमय छन्। सोलार सेट हस्तान्तरण गर्दै संघीय सांसद सुर्य पाठकले बाढीको चपेटामा परेका नागरिकलाई उज्यालो प्रदान गर्नका लागि सौर्य सोलार व्यवसायी र यसको संयोजन गर्ने ढोरपाटन दैनिकको पहल प्रशंसनीय भएको बताए। ढोरपाटन सालझण्डी सडकमध्ये बुर्तिबाङ ढोरपाटन खण्डलाइ छिट्टै स्तर वृद्धि र कालोपत्रे गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले सोलार सेटलाई तत्कालै पीडित बसेको ठाउँमा र पछि पुर्ननिर्माण भएपछि उनीहरुको घरमा जोडिने बताए। सबै हाइड्रोपावर बाढीले क्षतविक्षत भएको अवस्थामा सोलार उज्यालोका लागि प्राप्त सोलार सिस्टमले ठुलो राहत मिल्ने विश्वास व्यक्त गरे। 

गत भाद्र १७ गते राती पहिरोसँगै आएको बाढीमा परी २२ जनाको ज्यान गएको छ। अझै १६ जना बेपत्ता छन्। बाढीमा १ सय बढी घरमा पूर्ण क्षति पुगेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.