तीनबालबालिकासहित स्याङ्जामा थप १२ जनामा कोरोना पुष्टि
![तीनबालबालिकासहित स्याङ्जामा थप १२ जनामा कोरोना पुष्टि](https://annapurnapost.prixacdn.net/media/albums/PCR-Ramdi-naka-1_20200915065243_titg2BPUnn.jpg)
स्याङजा : स्याङजामा मंगलबार १२ जना संक्रमित थपिएका छन्। पुतलीबजारका ८ जना, वालिङका २ जना र आँधीखोला गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो। थपिनेमा ५ महिला र ७ पुरुष छन्। ती मध्ये ३ जना बालबालिका रहेको स्वास्थ्य प्रादेशिक कार्यालय पोखराले जनाएको छ। दुई बालिकासहित एक बालक हुन्।
पुतलीबजार नगरपालिकाका ४५, ४५, १५, १२ र ४६ वर्षीया महिला र २८, ८, ५३ वर्षीय पुरुषमा संक्रमण देखिएको छ। वालिङ नगरपालिकाका २१ र २४ वर्षीय पुरुष छन् भने आँधीखोला गाँउपालिकाका २६ र ४४ वर्षीय पुरुष हुन्।
यो सहित जिल्लामा संक्रमितको संख्या ३ सय ७४ पुगेको छ भने ३ सय ८ जना निको भएर घर फर्केका छन। जिल्लाका ३ संक्रमितको मृत्यु भएको छ। यो सँगै संक्रमितको संख्या ६३ पुगेको छ। संक्रमितलाई विभिन्न आइसोलेसन लैजाने तयारी भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)