गोरखामा लामो समयदेखि जारी निषेधाज्ञा अन्त्य

गोरखामा लामो समयदेखि जारी निषेधाज्ञा अन्त्य

गोरखा : गोरखामा लामो समयदेखि जारी निषेधाज्ञा बिहिबारदेखि हटाउने निर्णय भएको छ। जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) तथा कमाण्ड पोष्टको बुधबार सम्पन्न बैकठले गोरखा नगरपालिका र अन्य पालिकामा आव्हान गरिएको निषेधाज्ञा हाललाई हटाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

‘असोज १ गतेदेखि लागु हुने गरी व्यापार, व्यवसाय, यातायात तथा अन्य सार्वजनिक सेवा सञ्चालन गर्ने निर्णय भएको छ’, जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हर्क रोकाले भने, ‘व्युटिपार्लर, सैलुन, जिमखाना, फिल्महल र कबर्डहल बाहेकका पसल, व्यापार व्यवसाय सुचार गर्ने निर्णय भएको छ।’ सीमा नाकामा गरिएको कडाइलाई भने यथावत राख्ने निर्णय भएको उनले बताए।

त्यसैगरी नीजि(रातो प्लेटका) सवारी साधनहरु पनि निर्वाध सञ्चालन हुने भएका छन्। लामो दुरीका सार्वजनिक सवारी साधन भने नेपाल सरकारको निर्णय अनुसार मात्र गर्ने निर्णय भएको सूचना अधिकारी रोकाले जनाए।

सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय, वैक, वित्तीय संस्थामा हुने कार्यबोझ न्यूनिकरण गर्न समय तालिका मिलाई व्यवस्थापन गर्ने र त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयलाई गराउनु पर्ने निर्णय भएको पनि उनले बताए। उद्योग, कलकारखाना पनि आवश्यकता अनुसार सञ्चालन गर्न सकिने निर्णय भएको छ।

तर सेवाग्राही तथा सेवाप्रदायकहरुले अनिबार्य रुपमा मास्क लगाउने, भौतिक दुरी कायम गर्नेलगायतका स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूरा गर्नुपर्ने निर्णय भएको रोकाले बताए।
उद्योगी, व्यवसायी तथा पसल सञ्चालन गर्नेहरुले आफू पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने र ग्राहकलाई पनि अनिबार्य रुपमा स्वास्थ्य मापदण्ड पूरा गर्न लगाउनुपर्ने निर्णय भएको छ। त्यस्तै संक्रमणमुक्त गराएर मात्र सवारी साधन सञ्चालन गर्नुपर्ने बैठकले अनिबार्य गरेको छ। लामो दुरीको सवारी साधन सञ्चालन भएमा यात्रुहरुको विवरण सम्बन्धित पालिका एवं प्रहरी, प्रशासनलाई गराउनु पर्ने व्यवस्था बैठकले गरेको छ।

आफ्नो कार्यक्षेत्र तथा आसपास कोरोना संक्रमित भेटिएमा सोको चारकिल्ला तोकी त्यसभन्दा बाहिर सम्पर्क बन्द गराउने र स्थानीय पालिकालाई जानकारी गराउनु पर्ने व्यवस्था बैठकले गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.