कपिलवस्तु कारागारका ४ कैदी रिहा
कपिलवस्तु : संविधान दिवसको अवसरमा कपिलवस्तु कारागारमा रहेका १ भारतीय नागरिकसहित ४ जना कैदी शनिबार रिहा भएका छन्। कपिलवस्तु जिल्लाका २ जना, बारा जिल्लाका १ जना र १ जना भारतीय नागरिकलाई राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम आज कैदमुक्त गरिएको कपिलवस्तु कारागारका प्रमुख जेलर राकेश पाण्डेयले बताए।
कैदमुक्त भएका ३ जना नेपाली नागरिक कर्तव्य ज्यान, कुटपिट तथा अंगभंग, सरकारी कागज किर्ते मुद्धामा र २६ वर्षीय भारतीय नागरिक खरखजाना मुद्धामा कैद जीवन बिताइरहेका थिए। मुद्धा नकारात्मक सूचीमा नपरेका, असल चालचलन भएका र ५० प्रतिशत कैद भुक्तान गरेका आधारमा उनीहरुको कैद मिनाहाका लागि जेलर र प्रमुख जिल्ला अधिकारीको संयुक्त सिफारिसमा कारागार व्यवस्थापन विभागमा नामावली पठाइएको थियो।
सोही आधारमा उनीहरुको कैद मिनाहा गरिएको जेलर पाण्डेयले बताए। कैदमुक्त भएका उनीहरु बाँकी जीवन घर परिवार र समुदायको हितका लागि बिताउने प्रढ गर्दै कारागारबाट बिदा भएका जेलर पाण्डेयले जानकारी दिए। कपिलवस्तु कारागारमा रहेका कुल ४ सय १९ कैदी बन्दीमध्ये आज ४ जना कैद मुक्त भए भने बाँकी ४ सय १५ जना कैदी बन्दी कारागारमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस !