विभिन्न मुद्दाका फरार २५ जना एकै दिन पक्राउ

विभिन्न मुद्दाका फरार २५ जना एकै दिन पक्राउ

दमौली : अदालतबाट सजाय भएर पनि कार्यान्वयन नभएका विभिन्न मुद्दाका २५ व्यक्तिलाई तनहुँ प्रहरीले पक्रेको छ । आइतबार पक्राउ परेका जरिवाना तथा कैद सजाय फैसला भएका व्यक्तिहरु रहेको तनहुँका प्रहरी प्रवक्ता डिएसपी युवराज तिमल्सेनाले बताए । 'सबै २५ जना पक्राउ परेका हुन्,' उनले भने, 'मातहतका प्रहरी कार्यालयले सबैलाई नियन्त्रणमा लिइएको हो ।'

तनहुँ प्रहरीले पछिल्लो समय अदालतका फैसला कार्यान्वयनमा चासो दिंदै आइरहेको छ । यसअघि पनि एकै पटक ३३ जनालाई पक्राउ गरिएको थियो । यसरी पक्राउ परेकामा बहुविवाहदेखि, डाँका, लागूऔषध, कुटपिट, जालसाँजी, सम्बन्ध विच्छेद आदि मुद्दाका सजाय नभोगेका व्यक्तिहरु छन् ।

अधिकांशलाई अदालतमा उपस्थित गराइएकामा उनीहरु जरिवानापश्चात अदालतको आदेशबाट कारागार चलान भएको तिमल्सेनाले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.