नियुक्ति अब ‘पार्टीको तजबिजमा’

नियुक्ति अब ‘पार्टीको तजबिजमा’

काठमाडौं : सत्तारूढ नेकपाको सचिवालय बैठक संवैधानिक एवं राजनीतिक नियुक्ति पार्टी निर्णयका आधारमा गर्ने निचोडमा पुगेको छ। मंगलबारको बैठकमा त्यसका लागि पार्टीले रोस्टर (सूची) तयार पार्ने निर्णय गरेको छ। त्यस्तो सूची सचिवालय सदस्यलाई बुझाउने, छलफल गर्ने र निर्णय गर्ने पनि टुंगो लागेको छ। 

नियुक्ति गर्नुपर्ने सूची, आवश्यक योग्यता, र उपयुक्त व्यक्तिको सूची महासचिवले बनाई वितरण गरिने भएको छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले केही नियुक्तिमा अर्का अध्यक्ष पुष्पकमल दाहालसँग परामर्शमा गरे पनि समग्रमा आफ्नै तजबिजीका आधारमा निर्णय लिँदै आएका थिए। 

हाल १३ संवैधानिक निकायमा ४० पद रिक्त छन्। राजनीतिक नियुक्तिका पनि थुप्रै पद खाली छन्। संवैधानिक नियुक्तिको प्रक्रियालाई अब विलम्ब नगर्ने समझदारी पनि बनेको एक सदस्यले बताए। त्यसका लागि प्रधानमन्त्री ओलीलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितसँग छलफल गरेर तत्काल अगाडि बढ्न पार्टीले अनुरोध गरेको जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिए।

‘छिट्टै संवैधानिक परिषद्को बैठक राखेर आवश्यक निर्णय लिन प्रधानमन्त्रीलाई अनुरोध गर्ने निर्णय भएको छ’, प्रवक्ता श्रेष्ठले भने। संवैधानिक नियुक्तिका लागि कानुनले तोकेअनुसारको मापदण्डकै आधारमा नियुक्तिको प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ। 

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा बनेको २७ महिना बितिसक्दासमेत एकताको काम पूरा हुन सकेको छैन। त्यसलाई पूरा गर्न १० दिनभित्र ठोस प्रस्ताव तयार पार्ने जिम्मा सचिवालयले दुई अध्यक्ष र महासचिवलाई दिएको श्रेष्ठले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.