लागुऔषध विक्री गरेको आरोपमा दुई भारतीय पक्राउ

लागुऔषध विक्री गरेको आरोपमा दुई भारतीय पक्राउ

कपिलवस्तु : लागुऔषध ब्राउन सुगर विक्रीवितरण गरेको आरोपमा पक्राउ परेका २ जना भारतीय नागरिकलाई प्रहरीले थुनामा राखी अनुसन्धान सुरु गरेको छ । पक्राउ पर्नेहरुमा भारत सिद्धार्थनगर जिल्ला शोहरतगढ थाना शोहरतगढ ग्राम बस्ने २५ वर्षीय लल्लु भन्ने नियाज धुनिया र सोही ठाउँका २० वर्षीय अजमेरी धुनिया रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लाको सीमावर्ती क्षेत्र यशोधरा गाउँपालिका ७ मर्यादपुर सीमा नाकामा ब्राउन सुगर विक्री वितरण गरेको सूचनाको आधारमा उनीहरुलाई आइतबार पक्राउ गरिएको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

उनीहरुको साथबाट ८  पोकामा २७ ग्राम ब्राउन सुगर जस्तो खैरो गिलो पदार्थ फेला परेको प्रहरी उपरीक्षक अधिकारीले बताए । पक्राउ परेका दुवैजनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.