स्याङ्जामा पहिरो : दुईको मृत्यु, ९ जना घरभित्र पुरिए
![स्याङ्जामा पहिरो : दुईको मृत्यु, ९ जना घरभित्र पुरिए](https://annapurnapost.prixacdn.net/media/albums/pahiro_20200924034114_RKWtaljMvI.jpg)
स्याङजा : अविरल वर्षाका कारण स्याङजामा दुई जनाको मृत्यु भएको छ भने ९ जना घरभित्र पुरिएका छन्। वालिङ नगरपालिका एक महिला र कालीगण्डकी ४ का १८ वर्षे कृष्ण दमैको शव फेला परेको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।
वालिङ् नगरपालिका १४ स्थित माया परियारको घर पुरिँदा घरभित्र ९ जना पुरिएको र एक जनाको जीवितै उद्धार गरिएको छ। बिहीबार बिहान घर माथिबाट गएको पहिरोले घर पुरेको स्थानीय समाजसेवी अधिकारीले बताए।
१० जनाको परिवार रहेकोमा एक जनालाई जीवितै उद्धार गरी उपचारका लागि लगिएको छ। घर माथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाई भएको छ। प्रहरी र स्थानीयबासी मिलेर उद्धार गर्ने काम भइरहेको उनले बताए। महिलाको पहिचान हुन बाँकी रहेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)