व्यासमा कोरोना संक्रमणः परिवारै आइसोलेसनमा

व्यासमा कोरोना संक्रमणः परिवारै आइसोलेसनमा

दमौलीः परिवारका केही सदस्यमा रुघा खोकीको समस्या देखिएपछि व्यास १० को एक परिवारका सदस्यलाई कोरोना संक्रमणको आशंका भयो । बिरामी परेका परिवारका १२ वर्षीया र २१ वर्षीयाले शुक्लागण्डकी नगरपालिकाको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रमा गएर स्वाब दिए । 

गत आइतबार आएको नतिजामा दुवैमा संक्रमण भेटियो । दिदीबहिनी अहिले जीपीकै आइसोलेसनमा छन् । उनीहरुमा संक्रमण देखिएपछि परिवारका सदस्यको पनि परीक्षण गर्दा बुधबार बाँकी चारजनामा पनि संक्रमण भेटियो । 

चारमध्ये तीनजना एकै परिवारका र अर्का बालक आफन्त हुन् । ४८ वर्षका ती पुरुषसँगै उनका आफन्त पाँच वर्षका बालक, अनि १८ वर्षीया छोरी र ४१ वर्षीया पत्नीमा पनि बुधबार संक्रमण भेटिएको थियो । उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएका छिमेकका अरु आफन्तमा भने संक्रमण भेटिएन । 

होम आइसोलेसनको तयारी

परिवारकै सबै सदस्यमा संक्रमण भेटिएपछि बाँकी संक्रमितलाई होम आइसोलेसनमा राख्ने तयारी गरिएको छ । 'दुईजना जीपीकै आइसोलेसनमा छन्,' वडाध्यक्ष तुलसीराम सापकोटाले भने, 'परिवारमै संक्रमण देखिएपछि उहाँहरुलाई घरमै आइसोलेसन राख्ने तयारी गरेका छौं ।'

उनीहरुको घर अरु भन्दा पर रहेको र सबै संक्रमित भएपछि घरभित्रै बसेर स्याहार गर्ने चाहना व्यक्त गरेकाले सामाजिक दुरीसहित घरमै आइसोलेसन बस्न दिइने वडाध्यक्ष सापकोटाले बताए । 'स्वास्थ्य मापदण्ड पालना गरेर जोखिम फैलन नदिन तत्काल विद्यालय नखोल्ने र अरु सजगता अपनाउने निर्णय गरेका छौं,' उनले भने । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.