डा. केसीको १९ औं अनशनको समर्थनमा १९ घण्टे अनशन

डा. केसीको १९ औं अनशनको समर्थनमा १९ घण्टे अनशन

दमौली : प्रा.डा. गोविन्द केसीको अनशन समर्थनमा दमौलीका दुई युवकले १९ घण्टे अनशन सुरु गरेका छन्। 

दमौली ट्राफिक चोकमा अनशन थालेका युवाले १९ पटकसम्म अनशन बस्दा पनि डा. केसीको मागमा सरकार गम्भीर नभएको भन्दै युवाले १९ घण्टे अनशन सुरु गरेका हुन्। 

शुक्रबार बिहान ११ बजेबाट अनशन थालेका दुई युवा शनिबार साँझ ६ बजेसम्म बस्नेछन्।  देशको चिकित्सा क्षेत्र सुधार गर्न डा. केसी जीवन खतरामा राखेर आन्दोलित हुँदा पनि सरकार गम्भीर नभएपछि दबाब दिन यस्तो कार्यक्रम गर्नु परेको उनीहको भनाइ छ। 

‘हामीले देशैभर ऐक्यवद्धता जनाउँदा डा. केसीको आन्दोलनलाई बल पुग्छ भनेर अनशन बसेका हौं,’ अनशन बसेका सागर घिमिरेले भने।

अर्का अनशनकारी विनोद सापकोटाले पनि केसीको माग पुरा गराउन दबाब आवश्यक भएकाले आफू अनशन बसेको बताए। दमौलीका युवाले शनिबार केसीको पक्षमा प्रदर्शन गर्ने तयारी गरेका छन्।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.