पहिरोले तीन दिनदेखि तानसेन बुटवल सडकखण्ड अवरुद्ध

पहिरोले तीन दिनदेखि तानसेन बुटवल सडकखण्ड अवरुद्ध

तानसेन : सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक तीनदिन अवरुद्ध भएको छ । अविरल वर्षासँगै तानसेन बुटवल सडकको दर्जनौं स्थानमा खसेको पहिरोले राजमार्ग शुक्रबारदेखि अवरुद्ध भएको हो । 

राजमार्गको डुम्रे, कालीमाटी चर्चरे, हिउदेखोला, झुम्सा, सिसुवा, दोभान तथा सिद्धबाबा क्षेत्रमा ठूला ठूला ढुङ्गासहित खसेको पहिरो डोजरले समेत हटाउन नसक्दा तानसेन बुटवल सडक ठप्प भएको छ ।

सडक कतै भाँसिएको छ भने कतै, कतै माटो ढुङ्गाले भरिएको छ । शनिबार दिनभर पहिरो पन्छाउने काम भएपनि अधिकांश स्थानमा ठूलाठूला ढुङ्गासहित पहिरो खसेकाले आइतबार बिहानैदेखि पहिरो पन्छाउने काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मदन गिरीले बताए । 

डिभिजन सडक कार्यालयसँग समन्वय गरी पहिरो पन्छाउने काम भएपनि डिभिजनसँग प्रयाप्त ब्रेकर नभएको कारण ढुङ्गा फुटाल्न समस्या भएको पाल्पा प्रहरीले जनाएको छ । 

पहिरोले राजमार्ग नै अवरुद्ध भएपछि पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, पोखरा, पर्वत वाग्लुङ आउने जाने सवारी साधन बीच बाटोमै रोकिएका छन् । बुटवल हिँडेका गुल्मी अर्घाखाचीका सवारी साधन पाल्पा प्रहरीले तानसेनमा रोकेको छ ।

कास्की स्याङ्जाका सवारी साधन राम्दी, बुरतुङ्ग क्षेत्रमा रोकिएका छन् । तीनदेखि बीच बाटोमा सवारी साधन रोकिएपछि चालक तथा सहचालक खाना खाजाको लागि समस्या भएको छ । तानसेन बुटवलबीचका प्रयाप्त होटल रेष्टुराहरु नखुलेको कारण यातायातकर्मीलाई खाना खाजाका लागि समस्या भएको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.