युवाले घेरे गाउँपालिका

युवाले घेरे गाउँपालिका

दोलखा : आर्थिक वर्ष सुरु भएको तीन महिना बित्न लाग्दासमेत बजेट नल्याएको भन्दै स्थानीय युवाले आइतबार कालिञ्चोक गाउँपालिका कार्यालय घेराउ गरेका छन्। कानुनअनुसार असार मसान्तमै बजेट सार्वजनिक गर्नुपर्छ। 

‘कालिञ्चोकका जनता के भन्छन्, विकास बजेट ले भन्छन्’, भन्ने नारा लगाउँदै करिब तीन सय युवाले कार्यालय घेराउ गरेका स्थानीय निरज आचार्यले जानकारी दिए। गाउँपालिकाको स्थायी केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष विनकुमार थामी र उपाध्यक्ष कालिका पाठकबीचको विवादले बजेट पास हुन सकेको छैन। केन्द्र विवादले बजेट पास नभएपछि स्वतस्फुर्त राष्ट्रिय झन्डासहित विरोधमा उत्रिएका हुन्। सार्वजनिक सम्पत्तिलाई पेवा ठानेर विकास बजेटलाई बन्धक बनाएको भन्दै युवाले १० बुँदे ज्ञापनपत्र समेत बुझाएका स्थानीय बालकृष्ण आचार्यले बताए। तत्काल बजेट पास नगरे थप आन्दोलन गर्ने युवाहरूको चेतावनी छ। 

गत असार २३ मा गाउँपरिषद्मा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भए पनि समय अभावको कारण देखाउँदै स्थगित परिषद् अहिलेसम्म बस्न सकेको छैन। बजेट सार्वजनिक नहुँदा गाउँपालिकाका स्वास्थ्य संस्थामा नियमित वितरण गर्नुपर्ने औषधि खरिद भएको छैन। साथै चालू आर्थिक वर्षमा कार्यान्वयन गर्नुपर्ने विकास निर्माण, तलब, सामाजिक सुरक्षा भत्तालगायतका कार्य ठप्प भएका छन्। बजेट नआएपछि टेन्डर, उपभोक्ता समिति गठन, स्टिमेटलगायतका काम पनि रोकिएकाले आफूहरू कामविहीन बन्नु परेको कर्मचारी बताउँछन्। गाउँपालिकाका अध्यक्ष थामीले भने आर्थिक वर्ष २०७७/७८ को बजेट पारित भइसकेको तथा खर्च गर्नका लागि सूत्र भन्ने सफ्टवेयरमा अपलोड हुन नसकेको बताए। अहिलेसम्म बजेट सार्वजनिक नहुनुपर्ने कारणबारे जिज्ञासा राख्दा उपाध्यक्ष कालिका पाठकले यो विषयमा अध्यक्षलाई नै सोध्नुपर्ने बताइन्। गाउँपालिका अध्यक्ष थामी र केही वडाध्यक्षले बजेट पारित गरेको दाबी गरे पनि कार्यालयमा भने बजेट पास भएको माइन्युट आइतबारसम्म प्राप्त नभएको प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.