नक्‍कली इन्स्पेक्टर अजय : जसले लोकसेवाको फर्जी परीक्षा लिएर २१ जनालाई ठगे

नक्‍कली इन्स्पेक्टर अजय : जसले लोकसेवाको फर्जी परीक्षा लिएर २१ जनालाई ठगे

वीरगन्ज : प्रहरी र निजामति सेवामा जागिर लगाइदिने प्रलोभन देखाएर वीरगन्जमा लोकसेवा आयोगको किर्ते परीक्षा सञ्चालन गर्ने मुख्य योजनाकार सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। सरकारी पदमा जागिर लगाइदिने भन्दै पर्सा, बारा र सर्लाहीका २१ जनालाई परीक्षा हलमा राखेर नक्कली लोकसेवाको परीक्षा लिँदै गरेको अवस्थामा मुख्य योजनाकारसहित ६ जनालाई पक्राउ प्रहरीले पक्राउ गरेको हो।

वीरगन्ज १६ नगवास्थित देव पार्टी प्यालेसमा बुधबार २१ जनालाई राखेर नक्कली लोकसेवा आयोगको परीक्षा लिँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका-७ चौधरी टोलका २९ वर्षीय अजय कुमार रायसहित ६ जना रहेका छन्। राय नक्कली लोकसेवा आयोगको परीक्षा लिने मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ।

पार्टी प्यालेसमा लोकसेवा आयोगको नक्कली परीक्षा लिइरहेको अवस्थामा प्रहरीले नक्कली प्रहरी निरीक्षक बनेका रायसहित ६ जनालाई नियन्त्रणमा लिएको हो। परीक्षा हलबाट नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र २ थान, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र २१ थान, त्यसकै प्रश्नपत्र २६ थान र खरिदारको प्रवेशपत्र १ थान बरामद गरिएको प्रहरीले जनाएको छ।

मुख्य योजनाकार रायले परीक्षार्थीहरुसँग नेपाल प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र निजामति खरिदार समेतमा जागिर लगाई दिन्छु भनेर ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुवँरले बताए। विगत ९ महिनादेखि प्रहरी चौकी परवानीपुर र ईलाका प्रहरी कार्यालय नगवामा आफूलाई प्रहरी निरीक्षक हुँ भनेर परिचय समेत दिँदै हिँडेको राय जिल्ला प्रहरी कार्यालय बाराबाट २०७२ सालमा सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ सय १० दिन बीरगञ्ज कारागारमा कैद सजाय भुक्तान गरिसकेका व्याक्ति हुन्।

बुधबार परीक्षा हलबाटै पक्राउ पर्नेहरुमा नक्कली प्रहरी निरीक्षक बनेका रायसहित बाराको जितपुर सिमरा उपमहानगरपालिका-५ बस्ने वर्ष ५७ का हिरालाल महतो, सोही स्थानका वर्ष २८ का वसन्त चौधरी, वीरगन्ज महानगरपालिका-१६ बस्ने वर्ष २१ का रवी कुमार चौरसिया, पर्साको पकाहामैनपुर गाउँपालिका-५ सबैठवा बस्ने वर्ष ४७ का शिव नारायण चौरसिया, वीरगन्ज २७ रानीघाट बस्ने वर्ष २५ का रामजी चौरसिया र परीक्षा गार्ड बस्न आएका दुई जना महिला पनि छन्। उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कुवँरले बताए।

पक्राउ परेका रायले आफु नै मुख्य योजनाकार रहेको र अरुको संलग्नता नरहेको बयान प्रहरीलाई दिएका छन्। पक्राउ गरिएका ६ जना मध्ये राय बाहेक अन्यको संलग्नता रहे नरहेको विषयमा प्रहरीले अनुसन्धान गरेपछि मात्रै जानकारी हुने प्रहरी नायव उपरिक्षक कुवँरले बताए। बुधबार परीक्षा हलबाट नियन्त्रणमा लिइएका २१ जना परीक्षार्थीलाई भने सोधपुछ गरेर आवश्यक परेका बेला प्रहरीमा हाजिर हुने गरि बुधबार नै छोडिएको प्रहरी नायव उपरीक्षक कुवँरले बताए।

अनुसन्धानका क्रममा रायले परीक्षार्थीहरुसँग ३ लाख ६१ हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ। १३ जनासँग ३ लाख ६१ हजार रुपैयाँ लिएको प्रहरीको प्रारम्भिक अुनसन्धानबाट खुलेको छ। १२ जनासँग १ हजारदेखि ३५ हजारसम्म रकम लिएको र १ जनासँग परीक्षामा उतिर्ण भएपछि १ लाख ५० हजार रुपैयाँ लिने तय भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.