कपिलवस्तुबाट आधा किलो सुन बरामद : दाजु-बहिनी पक्राउ

कपिलवस्तुबाट आधा किलो सुन बरामद : दाजु-बहिनी पक्राउ

कपिलवस्तु : प्रहरीले कपिलवस्तुको मायादेवी गाउँपालिका-५ बनकछियाबाट आधा किलो सुन बरामद गरेको छ । 

विशेष सूचनाका आधारमा प्रहरीले कपिलवस्तुबाट भारततर्फ लादै गरेको आधा किलो सुन बरामद गरेको हो । सुनसँगै प्रहरीले ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्तालाई पक्राउ गरेको छ । 

कपिलवस्तुबाट लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका दाजु बहिनीको साथबाट आधा किलो सुन बराबद भएको हो ।

बरामद सुन र पक्राउ परेका दाजुबहिनीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तौलिहवा ल्याइएको छ । घटनाको सबै विवरण शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.