धरानमा संक्रमित वृद्धाको घरमै मृत्यु
धरान : सुनसरीको धरान उपमहानगरपालिका–१९ की कोरोना संक्रमित ७० वर्षीया वृद्धाको मृत्यु भएको छ। कोरोना संक्रमण भएर घरमै आइसोलेसनमा बसेकी उनको आइतबार राति मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमख उमेश मेहताले बताए।
हप्तादिन अगाडि पीसीआर चेक गर्दा कोरोना पोजिटिभ देखिएकी महिला घरमै घरेलु उपचार गरी होम आइसोलेसनमा बसेकी थिइन्। उनी मृगौला रोगको बिरामी थिइन्। घरमै मृत्यु भएकी महिलाको शव भने अझै घरमै रहेको छ।
त्यस्तै आइतबार दिउँसो २ बजे कोरोना भाइरसको संक्रमणकै कारण निधन भएका धरान ८ का ६८ वर्षीय पुरूषको पनि शव व्यवस्थापन हुन सकेको छैन। सरकारले घरमै मृत्यु भएका संक्रमितको शव व्यवस्थापनमा स्पष्ट धारणा सार्वजनिक नगरेकाले उनको शव व्यवस्थापनका समस्या भएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले मृतक दुवैको शव व्यवस्थापनका लागि पहल भैरहेको आश्वासन दिएका छन्।
प्रतिक्रिया दिनुहोस !