हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी

हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी

बेनी : म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने रघुगंगा गाउँपालिका–६ का विभिन्न बस्तीमा हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएको छ ।

रघुगंगा गाउँपालिकाले सिम्रिक एयरको हेलिकप्टरबाट बेनीदेखि रायखोर र मुलपानीमा ट्रान्सफर्मर ढुवानी गरिएको हो । सडक सुविधा नपुगेको विकट क्षेत्रमा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तारका लागि हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए । 

‘विद्युत प्राधिकरणले सडक पुग्ने ठाउँसम्मका लागि मात्र ढुवानी गर्नेगरी ठेक्का लगाएको रहेछ,’ उनले भने ‘वायरिङ भइसकेको घरमा ट्रान्सफर्मर नभएर बिजुली नबलने देखिएपछि पालिकाले खर्च तिर्नेगरी ढुवानी गरेको हो ।’

७५५ किलोग्राम तौल भएका १०० केभीए क्षमताका दुई वटा ट्रान्सफर्मर हेलिकप्टरमा झुण्डाएर ढुवानी गर्दा दुई लाख ६१ हजार ७०० रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । ट्रान्सफर्मर ढुवानी गर्न बेनीबाट दुई पटक उडान भएको थियो । 

रायखोर, मुलपानी र उल्लेरीका ९१ घरमा ६५० जनसंख्याको बसोबास छ । त्यहाँ लद्युजलविद्युत परियोजनाको सुविधा पनि छैन् । उज्यालोका लागि सोलार र टुकीमा निर्भर छन् । नेपाल विद्युत प्राधिकरणले पाखापानीको कोटगाउँदेखि रायखोर उल्लेरी हुँदै मुलपानीसम्म केन्द्रीय प्रशारण लाइनको पोल गाडेर तार तान्ने काम सकेको छ । 

ट्रान्सफर्मर चार्ज गरेपछि विद्युत आपूर्ति गराइने प्राधिकरणको बेनी वितरण केन्द्रले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.