मुकेश हत्या प्रकरण : आठ दिनपछि सरकारी वकिल कार्यालय मार्फत जाहेरी दर्ता

मुकेश हत्या प्रकरण : आठ दिनपछि सरकारी वकिल कार्यालय मार्फत जाहेरी दर्ता

वीरगन्ज : पर्साको बिन्दवासी गाउँपालिका कमिटी सचिव मुकेश चौरसीयाको  हत्यामा संलग्नविरुद्ध जाहेरीसहितको निवेदन बिहीबार सरकारी वकिलको कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता भएको छ। 

चौरसीयाको हत्या भएको आठौं दिनपछि बिहीबार मृतकका भाइ महेश चौरसीयाले घटनामा संलग्न १२ जनाविरुद्ध कारवाहीको माग गर्दै जाहेरीसहितको निवेदन दर्ता गराएका हुन्।

प्रहरीले सिधै जाहेरी लिन नमानेपछि बिहीबार सरकारी वकिलको कार्यालयमार्फत जाहेरी दर्ता भएको हो। महेशले दर्ता गराएको जाहेरीमा मुकेशको हत्यामा संविधानसभाका पूर्वसदस्य एंव नेकपाका नेता राजकुमार गुप्तासहित १२ जनाको नाम उल्लेख छ। 

पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बिहीबार मृतकका भाइ महेशले सरकारी वकिल कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरीसहितको निवेदन दर्ता गराएको बताइन्। 

निवेदनमाथि अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताइन्।

सरकारी वकिल कार्यालयका वकिल पदम कार्कीले मृतकका भाइ महेशले लिएर आएको जाहेरी सहितको निवेदन जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता भएको बताए। जहेरीमा संविधानसभाका पूर्वसदस्य राजकुमार गुप्तासहित १२ जनाको नाम रहेको कार्कीले बताए। 

यसअघि मुकेशको मृत्यु भएकै दिन गत शुक्रबार मृतकका भाइ महेशले जाहेरी लिएर जिल्ला प्रहरी कार्यालयमा जाँदा प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसपछि जाहेरी दर्ताको माग गर्दै एकसातादेखि वीरगन्जमा प्रदर्शन हुँदै आएको थियो। 

बुधबार मृतकका आफन्त र नेकपाका नेता कार्यकर्ताले प्रदर्शन गर्दे  जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएपछि प्रमुख जिल्ला अधिकारी अस्मान तमाङगले जाहेरी दर्ता हुने आश्वासन दिएका थिए। 

सीडीओको आश्वासन अनुसार नै बिहीबार जिल्ला सरकारी वकिल कार्यालय मार्फत आएको जाहेरी सहितको निवेदन जिल्ला प्रहरी कार्यालय पर्साले दर्ता गरेको हो।

मुकेशको हत्या कसरी ? 

गत बिहीबार पर्साको विन्दवासीनी गाउँपालिका ५ प्रसौनीभाठामा नेकपाको नवनिर्वाचित गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रम थियो। 

मुकेश, कमिटीको सचिवमा निर्वाचित भएका थिए। तर कार्यक्रममा पार्टीकै एक पक्षलाई नबोलाइएका कारण असन्तुष्ट उक्त पक्षले कार्यक्रमस्थलमा पुगेर बिथोल्ने प्रयास गर्यो। त्यही विषयलाई लिएर विवाद हुँदा दुई पक्षबीच झडप भयो। झडपमा हिर्काइएको बासले मुकेशको टाउँको फुट्यो । 

घाइते मुकेशलाई तत्कालै उद्धार गरेर वीरगन्जस्थित एसएल न्यूरो अस्पतालमा पुर्याइयो। तर, उनको उपचारकै क्रममा शुक्रबार बिहान ९ बजे मृत्यु भयो। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.