बेनी एक हप्ता बन्द

बेनी एक हप्ता बन्द

बेनी : म्याग्दीको सदरमुकाम बेनी बजारलाई शुक्रबार रातिदेखि लागू हुने गरी एक हप्ताका लागि बन्द गरिएको छ । 

लक्षणसहितका कोरोना (भाइरस) संक्रमित भेटिने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय, म्याग्दीले कात्तिक २१ गते १२ बजेसम्मका लागि बजार बन्द गरेको हो । 

कोरोना संक्रमण थप फैलन नदिन बेनी नगरपालिकाको आग्रह र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार बजार बन्द गरिएको सीडीओ उमाकान्त अधिकारीले जानकारी दिए ।

म्याग्दी उद्योग वाणिज्य संघले पनि भिड नियन्त्रण र जोखिम न्युनिकरणका लागि लकडाउन गर्न आग्रह गरेको थियो । बेनी नगरपालिका, वडा कार्यालय, सदरमुकामस्थित बैंक, वित्तीय संस्था र सरकारीबाट प्रदान गरिने सेवा बन्द हुने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । 

औषधिबाहेकका पसल खेल्नका लागि बिहान ८ देखि १० बजे (दुई घण्टा)को समय तोकिएको छ । ‘सूचनामा उल्लेखित कार्यालय र संस्था खुल्छन् तर सेवा प्रवाह हुँदैन,’ प्रजिअ अधिकारीले भने, ‘अन्य सरकारी कार्यालय र यातायात सेवामा लकडाउनले असर गर्दैन ।’  

पसल, अन्य सरकारी कार्यालय र यातायातका साधन सञ्चालनका क्रममा स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाई गरिने बेनी नगरकार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताए । अत्यावश्यक कामबाहेक सुरक्षा र जनस्वास्थ्य मापदण्ड पालना नगरी घर बाहिर निस्कन रोक लगाइएको छ । 

लकडाउनको अवधिमा संक्रमित जिल्लाबाट म्याग्दीमा आवतजावत नगरिदिन समेत प्रशासन र नगरपालिकाले आग्रह गरेका छन् । केही दिनयता जिल्ला सदरमुकाम बेनी बजारका व्यवसायी, सहकारीका कर्मचारी र स्थानीयबासीमा कोरोना (भाइरस) संक्रमण हुने क्रम बढेको छ । 

सदरमुकाम अवस्थित बेनी नगरपालिका–७, ८ र ९ मा शुक्रबार क्रमश वर्ष ५४, ५५ र २१ का तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, म्याग्दीले जनाएको छ । उनीहरु कन्ट्याक्ट टे«सिङबाट पहिचान भएका कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । 

स्वास्थ्य अवस्था सामान्य भएका उनीहरु स्थानीय र होम आइसोलेशनमा छन् । कात्तिक १२ गते कन्ट्याक्ट ट्रेसिङमा परेका र आइसोलेशनमा रहेका १८ जनाको स्वाब नमुना संकलन गरेर परीक्षणका लागि पोखरास्थित प्रयोगशालामा पठाइएको थियो । 

म्याग्दीबाट हालसम्म एक हजार ८५४ वटा स्वाबको नमुना संकलन गरेर परीक्षणका लागि पठाइएकोमा एक हजार ८४४ वटाको नतिजा आएको छ । १० वटाको नतिजा आउन बाँकी छ।

म्याग्दीमा कोरोना संक्रमितको संख्या ८९ जना पुगेको छ । ८ जना महिला र ५२ जना पुरुषले कोरोना जितेका छन् । जिल्ला बाहिर गई संक्रमण पुष्टि भएका ६ जनाको औपचारिक र ४ जनाको अनौपचारिक जानकारी प्राप्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.