पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु
वीरगन्ज : पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ४ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई वीरगन्जस्थित नारायणी अस्पतालमा सोमबार दिउँसो २ बजे भर्ना गरिएको थियो ।
उपचारकै क्रममा उनको सोमबार अपरान्ह साढे ४ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए ।
मृत्युपछि उनको स्वाब संकलन गरेर जीन एक्स्पर्ट विधिबाट पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको डाक्टर चौरसीयाले बताए ।
योसँगै पर्सामा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस !