बाख्रा चराउन गएकी महिलाको अर्धनग्न अवस्थामा शव फेला

बाख्रा चराउन गएकी महिलाको अर्धनग्न अवस्थामा शव फेला

दैलेख : डुङ्गेश्वर गाउँपालिका–६ लटालीको जंगलमा एक महिलाको अर्धनग्न अवस्थामा शव फेला परेको छ । सोमबार बिहान साढे १० बजे बाख्रा चराउन भन्दै घरबाट हिँडेकी २१ वर्षीया सुनिता विक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

 उनको मंगलबार दिउँसो शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिए । उनको घर गुराँस गाउँपालिका –१ सेफ्टीमा हो । श्रीमानसँगको सम्बन्ध राम्रो नभएकाले विगत ६ महिना देखि माइतिको घरमा बस्दै आएको भन्ने खुलेको डीएसपी श्रेष्ठले बताए ।

‘मृत अवस्थामा भेटिएकी ती महिला सोमबार बाख्रा चराउन घरबाट हिँडेपछि हराउनुभएको रहेछ, उनको खोजीका लागि परिवारजनले प्रहरीलाई खबर गरेको थिएन्,’ डिएसपी श्रेष्ठले भने ‘घर नआएपछि परिवारले खोजी गर्दा मंगलबार जंगलमा मृत अवस्थामा शव भेटिएको हो ।’ मृत अवस्थामा शव फेला परेपछि मात्रै परिवारजनले प्रहरीलाई खबर गरेको डीएसपी श्रेष्ठले जानकारी दिए । 

प्रहरीलाई खबर आएपछि मात्रै घटनास्थलमा प्रहरीको टोली पुगेको डीएसपी श्रेष्ठले जनाए । ‘घटनास्थलमा नेपालगंजबाट नेपाल प्रहरीको तालिम प्राप्त कुकुरहरु ल्याएर अनुसन्धान गर्‍यौ,’ डिएसपी श्रेष्ठले भने ‘मृत अवस्थामा भेटिएकी ती महिलाको शरिरका टाउको अगाडि र पछाडीको भाग लगाएतका ठाउँमा चोट छ ।’ घटनास्थलबाट उनलाई हिर्काउन प्रयोग गरिएको लट्ठीसमेत फेला परेको डीएसपी श्रेष्ठले जानकारी दिए । प्रहरीले आवश्यक सोधपुछका लागि उनका श्रीमानलाई नियन्त्रणमा लिएको छ । 

महिलाका आफन्तहरुले भने बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरेको छ । उनका माइती परिवार र आफन्तले घटनाको स्वतन्त्र र निश्पक्ष अनुसन्धान गरी घटनामा संलग्न जो कोहीलाई कानुनी दायाराभित्र ल्याई कानुनी कारबाहीको गर्न माग गरेका छन् । ती महिलाको शव पोष्ट मार्टमका लागि दैलेख अस्पतालमा राखिएको छ । आज नै पोष्ट मार्टम गरिने प्रहरीले जनाएको छ । यो घटना शंकास्पद् भएको कारण प्रहरीले गम्भीर रुपमा थप अनुसन्धान गरिरहेको डिएसपी श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.