भूकम्प गएको पाँच वर्षपछि इपिसेण्टर विवाद : बारपाकीले गरे धार्चे गाउँपालिकाको नाका बन्द

भूकम्प गएको पाँच वर्षपछि इपिसेण्टर विवाद : बारपाकीले गरे धार्चे गाउँपालिकाको नाका बन्द

गोरखा : इपिसेण्टरलगायतका विषयमा विवाद बढ्दै गएपछि बारपाकका बासिन्दाले धार्चे गाउँपालिका प्रवेश गर्ने नाका बन्द गरेका छन्। बारपाकबाट धार्चे गाउँपालिका प्रवेश गर्ने मुख्य सडकमा बिहीबार सूचना लेखेर अनिश्चितकालका लागि बन्द गरेका हुन्।

‘धार्चे गाउँपालिकाले बारपाक सुलीकोट गाउँपालिका १ र २ सँग इपिसेण्टर सम्बन्धमा, पर्यटन पदमार्ग सम्बन्धमा र सामुदायिक वन क्षेत्रभित्र ढुंगामुढा उत्खनन गरेको सम्बन्धमा समन्वय नगरेसम्म धार्चे गाउँपालिका प्रवेश गर्ने नाका अनिश्चितकालीन बन्द गरिएको छ’, सूचना बोर्डमा भनिएको छ।

बुधबार गाउँले भेला भएर नाका बन्द गर्ने निर्णय गरेको र बिहीबार बिहानैदेखि धार्चे प्रवेश गर्ने नाका बन्द गरेको बारपाक सुलिकोट गाउँपालिका २ का वडाअध्यक्ष लालबहादुर गुरुङले जानकारी दिए। 

‘२०७२ सालको भूकम्पको केन्द्रबिन्दु बारपाक हो भनेर राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा स्थापित भइसकेको विषयलाई पाँच वर्ष वितेपछि धार्चे गाउँपालिकाले इपिसेण्टर तोडमोड गर्न खोज्यो’, उनले भने, ‘धार्चे गाउँपालिकाको दाबी हामी बारपाकबासीलाई सह्य र मान्य भएन त्यसैले त्यस बिषयमा माफी नमागेसम्म हामी नाका खुलाउँदैनौँ।’ 

धार्चे गाउँपालिकाले भने बहस र छलफलबाट समस्या समाधान गर्नुपर्नेमा अचानक नाका बन्द गरेको भन्दै चिन्ता व्यक्त गरेको छ। धार्चे गाउँपालिका ४ का अध्यक्ष राज गुरुङले गाउँपालिकाले इपिसेण्टर दाबी पनि नगरेको, इपिसेण्टर इड्भेञ्चर ट्रेल मात्र निर्माण गरेको दाबी गरेका छन्। साथै जंगलको ढुंगा पनि गाउँपालिकाले नभै ठेकेदारले टिपेको गुरुङले दाबी गरेका छन्।

नाका खुलाउनका लागि स्थानीय प्रहरी चौकीलाई आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ। ‘हामीले बाटो खुलाउनका लागि बारपाक प्रहरी चौकीका प्रहरीलाई भनेका छौं’, सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले भनिन्, ‘प्रहरीले आग्रह गर्दा भएन भने फेरि अर्को चरणको प्रयास गर्नुपर्ला।’


  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.