वीरगन्जमा स्कुल खुलेपछि विद्यार्थीलाई मास्क र सेनिटाइजर वितरण

वीरगन्जमा स्कुल खुलेपछि विद्यार्थीलाई मास्क र सेनिटाइजर वितरण

वीरगन्ज : कोरोना महमारीको जोखीमका बीच सञ्चालनमा आएका विद्यालयमा अध्ययनरत विधार्थीहरुका लागि प्रतिनिधिसभा सदस्य (सांसद) प्रदीप यादवले मास्क र सेनिटाइजर वितरण गरेका छन् ।

पर्सा क्षेत्र नम्बर १ का सांसद यादवले वीरगन्ज महानगरमा सञ्चालनमा आएका विद्यालयहरुमा मास्क र सेनिटाइजर वितरण गरेका हुन् । उनले आफनो निर्वाचन क्षेत्रमा पर्ने १० वटा सामुदायिक विद्यालयमा अध्ययनरत प्रत्येक विद्यार्थीका लागि पुग्ने गरि मास्क र सेनिटाइजर बाँडेका हुन् ।

सांसद यादवले बुधबार ५ वटा र बिहीबार ५ वटा विद्यालयमा आफै पुगेर ८ हजार थान मास्क र सेनिटाइजर बाँडेका हुन् । सुरक्षित पठन पाठनको लागि सामुदायिक स्कुलहरूलाई मास्क र सेनिटाइजर वितरण गरेको उनले बताए ।

कोरोनाको महामारी विद्यमान रहेकै बेला विद्यालयहरु सञ्चालनमा आएकाले विद्यार्थीहरुलाई संक्रमणबाट जोगीन अपरिहार्य भएकाले मास्क र सेनिटाइजर बाडेको सांसद यादवले बताए ।
कोरोना महामारीका कारण विगत ७ महिनादेखि बन्द रहेका वीरगन्ज महानगरका सामुदायिक स्कुलहरु सोमबारदेखि सञ्चालनमा आएका छन् ।

वीरगन्ज महानगरपालिकामा आइतबार बसेको सरोकारवाहरुको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै ८, ९ र १० कक्षाको मात्रै पठपाठन हुने गरी सामुदायिक विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि महानगरका ३१ वटा विद्यालय सञ्चालनमा आएका छन् ।

महानगरका नगर प्रमुख विजय सरावगीका अनुसार विद्यालयहरुले विधार्थीका लागि अनिवार्य रुपमा मास्क र विद्यालय प्रवेशद्धारमै थर्मल गनले विद्यार्थीको तापक्रम नाप्ने व्यवस्था गर्नु पर्नेछ । यस्तै कक्षा कोठामा भौतिक दूरी कायम गरेर मात्र विद्यार्थीलाई बस्ने व्यवस्था मिलाउनु पर्नेछ । विद्यार्थीहरुको साबुनपानीले हात धुनका लागि महानगरपालिकाले प्रत्येक विद्यालयमा २ थानका दरले रेडिमेड वास बेसन जडान गरिदिने नगर प्रमुख सरावगीले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.