नबाँडी कुहियो राहत

नबाँडी कुहियो राहत

इलाम : विपन्न परिवारलाई वितरण गर्न ल्याइएको चामल कुहिएको छ। कोरोना संक्रमणका बेला ल्याइएको ८ हजार किलोभन्दा बढी चामल खान अयोग्य भएको छ। 

इलामको सूर्योदय नगरपालिकाले वितरण गर्ने तयारी गरेको ८ हजार ६ सय ७५ किलो चामल र १ सय ५० किलो दाल कुहिएको हो। सो नगरले पहिलो चरणमा राहत वितरण गरेपछि बाँकी खाद्यान्न स्टोरमा थन्क्याएको थियो। नगरले पहिलो चरणमा २१ हजार ६ सय ५ किलो चामल वितरण गरेको थियो।  त्यसैगरी १ हजार ४ सय ६० किलो नुन, २ हजार थान साबुन, १ हजार ४ सय ६० लिटर खाने तेल वितरण गरेको सूर्योदय नगरका विपद व्यवस्थापन समिति सचिव ईश्वरी अधिकारीले जानकारी दिए। 

बाँकी चामल र दाल स्टोरमा रहेको तर खान अयोग्य भएको उनले बताए।  नगरले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको कोरोना कोषमार्फत असार मसान्तसम्ममा क्वारेन्टाइन, स्वास्थ्य सामग्री यातायातमा ७५ लाख ६६ हजार ७ सय ८ रुपैयाँ खर्च गरेको छ। सो कोषमा संघीय र प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय इलाम, नगरका जनप्रतिनिधि, कर्मचारी र विभिन्न व्यक्ति र संघसंस्थाबाट ८७ लाख ९ हजार २७ रुर्पयाँ जम्मा भएको थियो। असार मसान्तसम्ममा सो कोषमा १० लाख ५ हजार ९८ रुपैयाँ बचत रहेको बताइएको छ। असारयताको खर्च विवरण भने अझै सार्वजनिक गरिएको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.