‘काम नभएकाहरू सलबलाए’

‘काम नभएकाहरू सलबलाए’

ताप्लेजुङ : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र काम नभएकाहरू सलबलाएको बताएका छन्। घुन्सामा सोमबार आयोजित कार्यक्रममा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफ्नै पार्टीभित्रका केही मान्छेहरू आफू र सरकारविरुद्ध लागेको बताएका हुन्।

‘यहाँ केही मान्छेहरू आफ्नै पार्टीको अध्यक्षविरुद्ध विभिन्न खालका प्रस्ताव ल्याउन थालेका छन्’, ओलीले भने, ‘उनीहरू सरकारको लोकप्रियताका कारण आत्तिएर भ्रमपूर्ण प्रचारमा लागेका छन्।’ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई विभिन्न आरोप लगाउँदै सचिवालय बैठकमा एक्लै प्रस्ताव पेस गरेका थिए। 

नेकपामा पछिल्लो पटक चर्किएको विवादले निकास पाएको छैन। यही बेला ओलीले सरकार ढल्ने, पार्टी फुट्नेजस्ता निराधार हल्लाका पछि नलाग्न आग्रह गरे।  उनले फक्ताङलुङ गाउँपालिका–६ मा घुन्सा फाउन्डेसनले निर्माण गरेको स्वास्थ्य भवन उद्घाटनपछि विकट गाउँलाई सुगम बनाउने सरकारको प्रमुख योजना रहेको बताए। ‘यस्तो दुर्गम ठाउँमा स्वास्थ्य भवन निर्माण गरेकोमा फउन्डेनसनलाई धन्यवाद दिन्छु’, उनले भने, ‘अब सरकारले मुलुकका यस्ता दुर्गम बस्तीमा स्वास्थ्य पहुँच पुर्‍याउन काम गर्छ।’ कञ्चनजंघामा आउने पर्यटकका लागि लिनुपर्ने ‘विशेष अनुमति)लाई खारेज गरिने र पर्यटकका लागि यो क्षेत्र खुला गरिने उनको भनाइ थियो।

प्रधानमन्त्रीपत्नी राधिका शाक्यले घुन्सा आधारभूत विद्यालयका विद्यार्थीका लागि ५ लाख रुपैयाँको छात्रवृत्ति कोष स्थापना गरिदिने घोषणा गरिन्। उनले यहाँका ज्येष्ठ नागरिक तथा वृद्धवृद्धालाई न्यानो कपडासमेत वितरण गरिन्। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङलगायत आएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.