विद्यापति डीहका लागि १२ करोडको योजना

विद्यापति डीहका लागि १२ करोडको योजना

जनकपुरधाम : मैथिली भाषाका महाकवि कविकोकिल विद्यापतिको प्रवासस्थल महोत्तरीको बनौली गाउँमा प्रदेश सरकारले १२ करोड रुपैयाँको लागतमा सौन्दर्यीकरण योजना सुरु गरेको छ। 

मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत प्रादेशीक गौरवको योजनाका रुपमा बनौलीस्थित विद्यापति डिह र सोही ठाउँमा रहेको लक्ष्मी सागर पोखरीलाई पर्यटकीयस्थल बनाउन लागिएको हो। 

१२ करोड ७२ लाख लागत अनुमान गरिएको तीन वर्षीय योजना प्रारम्भिक चरणमा ८ करोडमा ठेकेदारसँग सम्झौता भएर आइतबार भव्य समारोहबीच मुख्यमन्त्री लालबाबु राउतबाट शिलान्यास गरिएको हो। 

योजना विद्यापतिले १२ वर्षसम्म प्रवास गरेको स्थान (डिह) मा संग्राहलय निर्माण गरिने र त्यसमा कवि कोकिलहद्वारा रचित रचना र कृतिलाई संरक्षित गरिने स्वच्छता अभियानका संयोजक डिभिजन इन्जिनियर भगवान झाले जानकारी दिए। यसका साथै डिहसँगै रहेको पोखरीमा चारैतिर घाट बनाएर त्यसलाई संस्कृति प्रवद्र्धनका लागि छठ घाटको रुपमा प्रयोग गर्ने, विद्यापतिको स्मारिका निर्माण, बालवाटिका निर्माण र सुविधा सम्पन्न सभाकक्ष र शौचालयको निर्माण कार्य गरिने झाले जानकारी गराए। 

इतिहासकारका अनुसार हालको बनौलीगाउँ १५ हौं शताब्दीमा राजबनौलीको रुपमा रहेको थियो। सो बेलामिथिलामय गजरथपुर राज्यका राजाशिव सिंहमाथि शत्रुहरुले आक्रमण गर्दा राज पण्डित एवं कवि विद्यापति ठाकुरलाई रानी लखिमाको सुरक्षाको जिम्मेवारी दिइयो। उनी रानीलाई लिएर बनौली गाउँमा आश्रय लिए।

राजदरबारका पण्डित कवि विद्यापति राजाका आज्ञानुकुल कर्तव्यनिष्ठ भएर रानीको सुरक्षामा लागेका कविले सो बेला श्रीमद्भागवत वाचन गरेर रानीलाई सुनाउथे। बनौलीमा भएकै बेला विद्यापतिले ताम्रपत्रमा मिथिला अक्षरमा भागवत उल्था गरेर लेखेका थिए। सो ताम्रपत्रपछि भारत सरकारद्वारा आफू अधिन लिएर दरभंगाको संग्रहालयमा राखियो। 

बनौलीबाटै विद्यापतिले लिखनावली र दुर्गा भक्ति तरंगिनी पुस्तकको रचना गरेका थिए। सोही लिखनावलीको आधारमा मल्लकालमा प्रशासनिक कार्य संचालित हुन्थ्यो। 

निकै पौराणिक र ऐतिहासिकस्थल भए पनि विद्यापति डिह संरक्षण र संवद्र्धन हुन नसक्दा ओझेलमा परेको थियो। तर, प्रदेश सरकारले यसलाई स्वच्छता अभियानमा राखेर यसको एतिहासिकतालाई जोगाउने सानो प्रयास मात्रै गरेको मुख्य मन्त्रीलालबाबु राउतले बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.