रातारात रूख बिक्री
जनकपुरधाम : गैरकानुनी रूपमा सामुदायिक वनमा रूख कटान गरिएको छ। महोत्तरीको भंगहा–७ मेघनाथ गौरहन्नास्थित श्री बाबा तर्सरी गरिबी महिला सामुदायिक वनको रूख काटिएको हो।
लकडाउनको मौका छोपेर गत असार १० गते रामगोपालपुर–६ का काठ व्यापारी रामविनय यादवलाई उनले रूख बिक्री गरेका थिए। प्राकृतिक रूपमा फैलिएको वनभित्र ऐतिहासिक बाबा तरसरीको मन्दिर छ। २०६५ सालमा श्री बाबा तर्सरी गरिबी महिला सामुदायिक वन उपभोक्ता समितिको नामले तत्कालीन वन कार्यालय महोत्तरीमा वन दर्ता भएको थियो।
दर्ता भएको तीन वर्षपछि २०६८ सालमा वनभित्र रहेको मन्दिर संरक्षणको नाममा जिल्ला प्रशासन कार्यालयमा सिंहको एक समूहले बाबा मेधनाथ तपसी तरसरी संरक्षण सम्वद्र्धन सेवा समिति दर्ता गराएका थिए। समितिले कानुनलाई हातमा लिएर सामुदायिक वनको रूख काटेर समिललाई बिक्री गरेको हो। २ लाख ८५ हजारमा रूख कटान गरेर बिक्री भएको थियो।
मेहनत गरेर हुर्काएको जंगल बोलवाला गाउँलेले नै बिक्री गरेको वन उपभोक्त समितिकी अध्यक्ष रामकली देवी भन्छिन्, ‘कतिमा बिक्री भयो ? त्यो पनि हाम्रो समितिलाई थाहा छैन।’ रूख बिक्री गरेर सिंहले मन्दिर क्षेत्रमा दुई ट्रस्ट बनाएर रकम हिनामिना गरेको वन उपभोक्ता समितिले जनाएको छ।
‘हामी गरिब महिलाले वन लगायौं। गाउँका बोलवालाहरूले काटेर वन बिक्री गर्यो। त्यसलाई कानुन लाग्छ कि लाग्दैन ?,’ स्थानीय पचिया देवीले भनिन्।