जिल्ला अस्पताल बैतडीमा आइसीयु कक्ष

जिल्ला अस्पताल बैतडीमा आइसीयु कक्ष

बैतडी : जिल्ला अस्पताल बैतडीमा भेन्टिलेटरसहितको दुई बेडको आइसीयु कक्ष स्थापना भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पातलमा भेन्टिलेटरसहितको आइसीयु कक्ष स्थापना भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए  ।

कोरोना भाइरसका जटिल खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको आइसीयु कक्ष स्थापना गरिएको डा. जोशीले जानकारी बताए । उनले भने, 'हामीले जिल्ला अस्पतालमा भेन्टिलेटर सहितको आइसीयु कक्ष स्थापना गरेका छौं ।

जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसीयु कक्ष स्थापना भएपछि सञ्चालनमा भने समस्या हुने भएको छ । आइसीयुका लागि दक्ष जनशक्ति नहुँदा तत्काल सञ्चालनमा बाधा पुगेको डा. जोशीले बताए ।

आइसीयु सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता पर्ने भएपनि जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा आइसीयु सञ्चालनमा समस्या आउने उनले बताए । 

यस्तै जिल्ला अस्पतालमा कार्यरत डाक्टर र नर्सहरुलाई पनि आइसीयु सञ्चालनका लागि तालिमको आवश्यकता पर्ने र त्यो तालिम पनि कसैले पनि लिएको छैन् । भेन्टिलेटरसहितको आइसीयु कक्ष स्थापना भएपनि सञ्चालनमा समस्या आउने देखिएको डा. जोशीले जानकारी दिए  ।

कोरोनाका गम्भीर बिरामीहरुलाई सेवा दिने उद्देश्यले प्रदेश सरकारले जिल्ला अस्पतालहरुमा भेन्टिलेटर सहितको आइसीयु कक्ष स्थापनाका लागि उपकरण पठाएको थियो । उपकरणसँगै दक्ष जनशक्ति पनि आवश्यक पर्ने भएपनि दक्ष जनशक्ति नपठाउँदा आइसीयु कक्ष सञ्चालनमा समस्या भएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.