चिया टेस्टिङ सेन्टर निर्माण सुरु

चिया टेस्टिङ सेन्टर निर्माण सुरु

इलाम : नेपाली चियाको उत्पादन, प्रशोधन र बजारीकरण गर्ने उद्देश्यले इलाममा चियाको अध्ययन तथा टेस्टिङ सेन्टर निर्माण सुरु भएको छ। सूर्योदय नगरपालिकाको २० प्रतिशत र प्रदेश १ सरकारको ८० प्रतिशत लगानीमा टेस्टिङ सेन्टरको निर्माण सुरु भएको हो। 

२३ करोड लगानीमा निर्माण सुरु भएको चिया टेस्टिङ तथा अध्ययन सेन्टरको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरे। टेस्टिङ सेन्टरको शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले इलाममा स्थापना भएको चियाको अध्ययन तथा टेन्टिङ सेन्टरले किसान, उद्योगी र व्यवसायीलाई फाइदा पुर्‍याउने बताए।  

चियाको गुणस्तर जाँच गरी सेन्टरले नेपाली चियाको प्रवद्र्धनमा ठूलो योगदान गर्ने मुख्यमन्त्री राईको भनाइ छ। प्रदेश १ का भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामबहादुर रानाले चिया टेस्टिङ सेन्टरमा प्रदेश सरकारको लगानी गरिए पनि देशभरको चियाको गुणस्तर जाँच हुने बताए। गुणस्तर जाँच नहुँदा अन्तर्राष्ट्रिय बजारमा चियाको मूल्य कम भएकाले सरकारले टेस्टिङ र अध्ययनको केन्द्र बनाएको मन्त्री रानाको भनाइ छ। टेस्टिङ सेन्टर बनिसकेपछि अन्तर्राष्ट्रिय बजारबाट नेपाली चियाको माग बढ्ने मन्त्री मगरले बताए। टेस्टिङ सेन्टरका कारण चियाको अन्तर्राष्ट्रिय बजार विस्तारमा सहयोग पुग्ने चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णु भट्टराईले बताए। नेपाली चियाको आफ्नै टे«डमार्क कार्यान्वयन आएको बेला टेस्टिङ सेन्टर निर्माणको कामले बजारीकरणमा थप योगदान पुर्‍याउने उनले बताए।  

प्रदेश सासंद काजीमान कागतेले चियाको राजधानी घोषित सूर्योदय नगरपालिकामा निर्माण हुने टी टेस्टिङ सेन्टरले इलामको मात्रै नभएर देशभरका चिया खेती गर्ने किसान, उद्योगी र व्यवसायीको मनोबल बढेको बताए। कन्याम चिया बगानसँगै रहेको ११ रोपनी क्षेत्रफलमा टी टेस्टिङ सेन्टर निर्माण हुनेछ।  सूर्योदय नगरपालिका वडा नं ७ मा निर्माण सुरु भएको चिया टेस्टिङ सेन्टर १८ महिनामा निर्माण सम्पन्न भइसक्ने सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.