विप्लव समूहका जिल्ला नेता पक्राउ
कपिलवस्तु : प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्लास्तरीय नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले जिल्लाको शिवराज नगरपालिका–२ हल्लानगरबाट नेकपा विप्लव समूहका जिल्ला कमिटी सदस्य तथा शिवराज नगरपालिका नगर कमिटी सचिव ३९ वर्षीय गणेश थारुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
पक्राउ परेका थारुको साथबाट विप्लब समूहसँग सम्बन्धित विभिन्न दस्तावेज बरामद भएको प्रहरीले बताएको छ । पक्राउ परेका थारुमाथि अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस !