बुटवलमा गोली चल्यो : एकजना घाइते

बुटवलमा गोली चल्यो : एकजना घाइते

बुटवल : बुटवल उपमहानगरपालिका–७ स्थित एक होटलमा गोली चल्दा एकजना घाइते भएका छन्। विशेष सुराकीको आधारमा सुख्खानगरको एक होटलमा गैंडाको खागसहित मानिस बसेको थाहा पाएर त्यहाँ प्रहरी पुगेपछि गोली चलेको हो। 

सुख्खानगरस्थित कलश होटलको कोठा नम्बर ५ मा बसेका तस्कर समूहलाई पक्राउ गर्न पुगेको प्रहरीकै हतियार खोसेर गोली हान्दा एकजना घाइते भएको स्रोतको दाबी छ। 

तस्कर र प्रहरीबीच घम्साघम्सी भएपछि तस्करको समूहले हतियार खोसेर प्रहरीलाई गोली हान्दा उनकै समूहका राकेश न्यौपानेलाई गोली लागेको हो। 

उनी गम्भीर घाइते भएको प्रहरीले बताएको छ। घटनास्थलबाट प्रहरीले अन्य दुईजनालाई नियन्त्रणमा लिएको छ भने एकजना फरार भएका छन्। घटनाको थप विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.