विद्युत प्राधिकरण आँबुखैरेनी उपवितरण केन्द्रका इञ्चार्ज घुससहित पक्राउ

विद्युत प्राधिकरण आँबुखैरेनी उपवितरण केन्द्रका इञ्चार्ज घुससहित पक्राउ

गोरखा : विद्युत प्राधिकरण तनहूँ अन्तर्गत आँबुखैरेनी उपवितरण केन्द्रका इञ्चार्ज कृष्ण आले घुस लिँदालिँदै रङ्गेहात पक्राउ परेका छन् ।

मंगलबार साँझ छ बजे गाडीधनीसँग पाँच हजार रुपैयाँ घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पक्राउ गरेको कार्यालयका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए ।

‘सोमबार एउटा गाडीले विद्युत प्राधिकरणको पोलमा ठक्कर दिएर क्षति पुर्‍याएको रहेछ । पोल मर्मत गर्नका लागि त्यहाँका उपवितरण केन्द्रका प्रमुखले बिलमा उल्लेखित क्षतिपूर्ति रकम बाहेक अतिरिक्त रकम पाँच हजार रुपैयाँ मागेको भन्ने सूचना आयो’, उनले भने, ‘सोही सूचनाको आधारमा त्यहाँ पुगेको हाम्रो टोलीले कार्यालयभित्रै सो रकम लेनदेन भइरहेका बेला त्यहाँका प्रमुख कृष्ण आलेलाई नियन्त्रणमा लिएको छ ।’ आलेलाई थुनामा राखेर अनुसन्धान सुरु गरिने उनले बताए।

 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.