‘मुन्दुम ट्रेल’ प्रवर्द्धन

‘मुन्दुम ट्रेल’ प्रवर्द्धन

भोजपुर : एक सय नयाँ पर्यटकीय गन्तव्यमा सुचीकृत भोजपुरको टेम्केडाँडा मुन्दुम ट्रेलको काम सुरु गरिएको छ। पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यले टेम्केमैयुङ गाउँपालिकाको पाँचधारेबाट चखेवाभन्ज्याङ हुँदै अग्लो चुचुरो सिलिचुङ डाँडासम्मको उक्त पदमार्ग निर्माण काम थालिएको हो।

आन्तरिक तथा बाह्य पर्यटक भिœयाउने लक्ष्यका साथ पर्यटकीय सुविधालाई ध्यानमा राखेर पदमार्ग निर्माण थालिएको हो। निर्माणाधीन पदमार्गमा सिमेन्ट, फलाम, ग्रिल सामग्रीको प्रयोगबिनै स्थानीयस्तरमा उपलब्ध स्रोेतसाधनकै प्रयोग गरेर प्राकृतिक स्वरूप दिइने पदमार्ग निर्माण समितिका अध्यक्ष पावीहाङ राईले बताए। ‘ट्रेकिङका लागि आउने पर्यटकको सहजताका लागि नै आवश्यक संरचनासहितको पदमार्गको काम थालिएको हो’, उनले भने, ‘प्राकृतिक स्वरूपलाई यथावत् राख्दै स्थानीय स्रोतसाधनको प्रयोग गरेर पहिलो चरणको पदमार्गको निर्माणको काम सुरु भएको छ’, यसका साथै सो पदमार्गमा विभिन्न जानकारीमूलक बोर्डसमेत राखिने उनले बताए।

२०७९ सालभित्र सम्पन्न हुने गरी ५८ किलोमिटर लामो दूरीको उक्त पदमार्गको पहिलो चरणअन्तर्गत १२ किलोमिटर दूरीको पदमार्ग काम थालिएको छ। कुल २ करोड लागतमध्ये प्रदेश १ सरकारको ३५ प्रतिशत, स्विस सरकारको ३५ प्रतिशत र टेम्केमैयुङ गाउँपालिकाको ३० प्रतिशत गरी ९९ लाख २२ हजार सात सय ८४ रुपैयाँ लागतमा पहिलो चरणको काम थालिएको हो। यसपछि दोस्रो चरणअन्तर्गत पदमार्गमा चिया घरा, खानेपानी, शौचालय, विश्रामस्थल निर्माणका साथै पर्यटकलाई खाने बस्ने सुविधा व्यवस्थापन गरिने गाउँपालिकाले जनाएको छ। टेम्केमैयुङ गाउँपालिका, साल्पासिलिछो गाउँपालिका र खोटाङको सिमाना हुँदै निर्माण हुने पदमार्गमा किराँती संस्कृतिको संवद्र्धन गर्ने उद्देश्यले पदमार्गको अवधारणा ल्याइएको स्थानीय सरोकारवाला छिवाबुङबाली राईले बताए। उनले भने, ‘किराँत संस्कृतिलाई जगेर्ना हुने ट्रेलको अवधारण हो, यसलाई बाह्य तथा आन्तरिक पर्यटनसँग किराँती संस्कारबीच घनिष्टता कायम गर्ने हाम्रो सोच हो।’

टुरिजम हब बनाउने लक्ष्यले २०७४ साल पुस २४ देखि २६ गतेसम्म ३१ दशमलव ५ किलोमिटर लामो पदमार्गको सर्वेक्षण गरिएको थियो। पदमार्गलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरेर सिँगो गाउँपालिकाकै आर्थिक विकासमा टेवा पुर्‍याउने लक्ष्यले काम सुरु भएको गाउँपालिका अध्यक्ष ध्रुवराज राई सुनाउँछन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.