लक्ष्यभन्दा धेरै राजश्व संकलन गर्न अर्थमन्त्रीको निर्देशन

लक्ष्यभन्दा धेरै राजश्व संकलन गर्न अर्थमन्त्रीको निर्देशन

बुटवल : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्व संकलनमा लक्ष्यमै सीमित नहरन राजश्वका निकायलाई निर्देशन दिएका छन्। 

कोरोना महामारीकाबीच आएको बजेटमा राजश्व संकलनका लक्ष्यहरु कम निर्धारण भएको भन्दै ती लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न उनले निर्देशन दिएका हुन्।

राजश्व कार्यालय बुटवलको निरीक्षणका क्रममा सोमबार अर्थमन्त्री पौडेलले मुलुक सञ्चालनका लागि राजश्व संकलनमा तिब्रता दिनुपर्ने बताए। ‘अव लक्ष्य यति थियो भनेर होइन लक्ष्यभन्दा धेरै राजश्व संकलन गर्ने गरी काम गर्नुस्, उनले भने,-‘कोरोना महामारीकाबीच अर्थतन्त्र चलायमान भइरहेको छ। राजश्व संकलनमा पनि सोही अनुरुप कार्यक्रम बनाउनुस्।’ 

मन्त्री पौडेलले राजश्व संकलनका क्रममा सेवाग्राहीलाई दाताको रुपमा व्यवहार गर्न आग्रह गरे। करदाता र राजश्व कार्यालयबीच सुमधुर र विश्वासको सम्बन्ध आवश्यक रहेको भन्दै मन्त्री पौडेलले बुटवलको कार्यालय नमुना छ भन्ने देखाउन त्यहाँका कर्मचारीहरुलाई आग्रह गरे। करदाताले राजश्वबाट पन्छिन नहुने भन्दै संकलन कार्यालयहरुले समेत त्यसअनुरुपका निगरानी बढाउनुपर्ने मन्त्री पौडेलले बताए।

बर्तमान समयमा सरकारले मुठी फुकाएर काम गर्न सक्ने अवस्था नरहेको भन्दै कार्यालय सञ्चालनदेखि हरेक खर्चमा मितव्ययिता अपनाउन आग्रह गरे। ‘खर्चमा मितव्ययिता अपनाउनुपर्छ, अहिले मुठी फुकाएर खर्च गर्ने अवस्था छैन, उनले भने।

अर्थमन्त्री पौडेलले बुटवलकै कान्ति माविको शैक्षिक एवं छात्रावास भवनको शिलान्यास गर्दै बर्तमान सरकारले नै पाँच वर्ष शासन गर्ने बताए। जनताका अपेक्षा पूरा गर्ने दायित्व यही सरकारको भएको भन्दै पार्टी भित्रको समस्याले सरकार अफ्ठ्यारोमा नपर्ने बताए। 

नेकपाका महासचिव समेत रहेका पौडेलले नेकपा विभाजन गर्न खोज्ने तत्वहरु सफल नहुने समेत दाबि गरे। ‘नेकपाभित्र हात्तीको जस्तै सँड छिराएर पार्टी विभाजन गर्न खोज्नेहरु सफल हुनेछैनन्, उनले भने।

अर्थमन्त्री पौडेलले रुपन्देहीमा निर्माण भइरहेका सैनामैना चक्रपथ, बुटवलको कालिकापथ जस्ता महत्वपूर्ण पूर्वाधारको अवलोकन समेत गरेका थिए। सो अवसरमा उनले बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक छिट्टै निर्माण सक्न निर्देशन समेत दिए। यो सडकले बुटवललाई कुरुप बनाएको भन्दै सडक निर्माणमा अवरोधक नबन्न सबैलाई आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.