प्रतिनिधिसभा पुनःस्थापना नभए स्वतः विद्रोह : भुसाल

प्रतिनिधिसभा पुनःस्थापना नभए स्वतः विद्रोह : भुसाल

बुटवल : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य घनश्याम भूषालले सर्वोच्च अदालतले संसद पुर्नस्थापना नगरे आन्दोलनबाटै हुने दाबी गरेका छन् । संविधानविपरित प्रतिनिधिसभा विघटन गरिएकाले त्यसलाई सर्वोच्च अदालतले पुनःस्थापना गर्ने उनको विश्वास छ । 

नेकपा रुपन्देहीले आइतबार तिलोत्तमामा आयोजना गरेको भेलामा बोल्दै भूषालले यदि अदालतले प्रतिनिधिसभा पुनःस्थापना नगरे देशभर आन्दोलन हुने र त्यही आन्दोलनले प्रतिनिधिसभा पुनःस्थापना हुने उल्लेख गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरित कदम चालेर पार्टीको विधि र पद्धति समेत उल्लंघन गरेको बताए । उनले भने, 'प्रधानमन्त्रीले संविधान च्यात्न शुरु गर्नुभयो, यसरी अघि बढे देश अस्थिरतामा फस्छ ।'

 
पार्टीले सरकार संचालनमा कुनै अवरोध नगरेको जिकिर गर्दै उनले प्रधानमन्त्री ओलीले घेराबन्दी गरियो भन्ने भ्रम सृजना गरेको बताए । उनले गैरसंवैधानिक कदम चालेको भन्दै प्रधानमन्त्री ओलीको भूसालले चर्को आलोचना गरे । एमसीसी परियोजनालाई संसोधनसहित पास गर्नेबारे विवाद रहे पनि अन्य कुनै पनि विवाद पार्टीमा नभएको उनको भनाइ छ । 

प्रतिनिधिसभा पुनःस्थापना भए पार्टी फुटबाट पनि जोगिने नेता भूसालले दाबी गरे । पार्टीमा ७० प्रतिशित नेता तथा कार्यकर्ताले ओलीको कदमको विरोध गरिरहेको जिकिर गर्दै उनले प्रतिनिधि सभा पुनःस्थापना नभए स्वतः बिद्रोह शुरु हुने उल्लेख गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्व सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री ओलीले कम्युनिष्ट आचरण त्यागेको आरोप लगाइन । प्रतिनिधिसभा विघटन गैरसंविधानिक कदम भएकाले यसलाई नसच्याए देश गम्भीर संकटमा फस्ने उनको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.