संकटमा भाषा कक्षा

संकटमा भाषा कक्षा

भोजपुर : ऐच्छिक विषयको रूपमा मातृभाषा पढाइ हुँदै आएपनि दक्ष शिक्षक नहुँदा भोजपुर नगरपालिका— ५ बोखिमस्थित धापखर्क प्राथमिक विद्यालयमा शेर्पा भाषाको पढाइ अन्योलमा छ।

विदेशी दातृ निकाय र विभिन्न निकायबाट स्रोत जुटेपनि शिक्षक दरबन्दी नहुँदा उक्त विद्यालयमा शेर्पा भाषाको पढाइ संकटमा परेको हो।  २०५० सालमा जापान सरकारको आर्थिक सहयोगमा मातृभाषाको रूपमा शेर्पा भाषा पढाउने लक्ष्यसहित स्थापित विद्यालयमा पढाइ सुस्ताउँदै गएको हो। ऐच्छिक विषयको रूपमा मातृभाषालाई उजागर गरी लैजाने भनिएपनि भाषा शिक्षक नहुँदा पठनपाठनमा समस्या आएको अभिभावक सुनाउँछन्। ‘बालबालिकाले लोप हुन लागेको आफ्नो मातृभाषा सिक्न पनि पाएका छैनन्’ स्थानीय छिरिङ शेर्पाले थपे, ‘आउने पिँढीलाई भाषा हस्तान्तरण हुन्छ भनेर सुरु भएको कक्षा नै चल्दैन।’ शेर्पा जातिको बाहुल्य रहेको विद्यालयमा आफ्नो मातृभाषालाई जगेर्ना गर्ने र पुस्तान्तरण गर्दै लैजाने उद्देश्यले पाठ्यक्रमसहित कक्षा सुरु गरिए पनि अड्चन थपिएको विद्यालयका प्रधानाध्यापक हर्कराज शेर्पाले बताए। 

मातृभाषा पठनपाठनका लागि शिक्षक उपलब्ध गराउने प्रावधान रहेपनि मातृभाषा विषय शिक्षक नहुँदा व्यावहारिक हुन नसकेको सरोकारवालाको दाबी छ। कक्षा १ देखि ५ सम्म ऐच्छिक विषयको रूपमा शेर्पा भाषा पठनपाठन गराउन सुरु गरिए पनि पर्याप्त पाठ्यपुस्तक र शिक्षक अभावले पढाइ अन्योलमा परेको शेर्पा भाषा संरक्षक स्थानीय नीमा शेर्पा बताउँछन्। 

भाषा पठनपाठन नहुँदा दातृ निकायको सहयोग पनि खेर गइरहेको छ। अर्कोतर्फ शेर्पा भाषा पढ्ने विद्यार्थीका लागि उपयुक्त पाठ्यसामग्री उनीहरूको हातमा नपर्नुले पनि शेर्पा भाषाको पढाइ अन्योलमा परेको अभिभावक सुनाउँछन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.